धरानमा नगर बस चल्यो, यात्रु आएनन् : खालीजस्तै गुड्दै बस

  • असोज २१, २०८३
  • कोशीपत्र/संवाददाता
alt -रणधाेज लाेहार

धरान/ धरान उपमहानगरपालिकाले नयाँ बसपार्कसम्म यात्रुको आवतजावत सहज बनाउने उद्देश्यले नगर बस सेवा सञ्चालनमा ल्याए पनि यात्रुको आकर्षण भने बढ्न सकेको छैन।

नगर बस नियमित सञ्चालन भइरहे पनि अधिकांश समय यात्रु नहुँदा  खालीजस्तै गुड्नुपर्ने अवस्था देखिएको छ।

कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाको पहलमा धरान–८ स्थित नयाँ बसपार्कसम्म यात्रुलाई सहज आवतजावत गराउने उद्देश्यले नगर बस सञ्चालन गरिएको हो।

बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म बस सञ्चालन हुने भनिए पनि भानुचौकबाट नयाँ बसपार्कतर्फ जाने क्रममा यात्रु निकै न्यून देखिने गरेका छन्।

धरानको मुख्य बजार क्षेत्र भानुचौक हुँदै नगर बस सञ्चालन भइरहे पनि बसभित्र यात्रुको संख्या न्यून देखिन्छ।

कतिपय समयमा चालक र कर्मचारीबाहेक यात्रु नै नभएको अवस्थामा समेत बस गुडिरहेको दृश्य देखिने गरेको छ।

नगर बसका चालकका अनुसार नयाँ बसपार्कबाट भानुचौकतर्फ आउने यात्रु भने केही भेटिए पनि भानुचौकबाट नयाँ बसपार्कतर्फ जाने यात्रु निकै कम छन्।

यात्रु आउने अपेक्षामा नियमित रूपमा बस सञ्चालन गर्नुपरे पनि कतिपय समयमा खालीजस्तै बस गुडाउनुपर्ने अवस्था रहेको चालक बताउँछन्।

नगर बसमा यात्रु नबढ्नुमा नगरवासीलाई नयाँ बस सेवाबारे पर्याप्त जानकारी नहुनु, पुरानै यातायात सेवाप्रतिको यात्रुको बानी र बसको रुट तथा समयबारे स्पष्ट जानकारी नहुनु प्रमुख कारण हुन सक्ने देखिएको छ।

धरानको भानुचौकबाट पूर्व, विराटनगर तथा पहाडी क्षेत्रतर्फ जाने सवारीसाधनहरू अझै पनि सञ्चालनमा रहेकाले यात्रुको ठूलो हिस्सा पुरानै यातायात प्रणालीमा निर्भर देखिन्छ।

नगरपालिकाले नयाँ बसपार्क सञ्चालनलाई प्रभावकारी बनाउने उद्देश्यले नगर बस चलाए पनि यात्रु आकर्षित गर्न नसक्दा सेवा नै चुनौतीमा परेको देखिएको छ।

नगर बसलाई प्रभावकारी बनाउन रुट तथा समयतालिका व्यापक रूपमा सार्वजनिक गर्ने, यात्रुलाई सेवा तथा भाडादरबारे जानकारी गराउने र यात्रुको आवश्यकताअनुसार रुट व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

यात्रु नै नबढ्ने हो भने नियमित रूपमा खालीजस्तै बस सञ्चालन गर्दा नगर बस सेवाको उद्देश्य र खर्च दुवैमाथि प्रश्न उठ्ने अवस्था आउन सक्ने देखिएको छ।

धरानका अमित ३४१ किलो ...

धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा ...

धरानमा ट्रामोल र डिक ...

धरान/ धरान–१७ स्थित एन्फा एकेडेमी जाने बाटोबाट ठू ...

बराहक्षेत्रमा माध्यम ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकामा माध्यमिक बिद्यालय ...

धरानमा यात्रुवाहक बस ...

धरान/ सुनसरीको धरान–८ तिनकुनेस्थित कोशी राजम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved