धरान/ पछिल्लो समयमा धरानमा डेंगो रोगको माहामारी फैलिएको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न निजी अस्पताल तथा क्लिनिकमा जाच गर्दा डेंगो रोगका संक्रमण भएको पाइएको हो । झापालाई डेंगो रोगको जोखिम क्षेत्र मानिए पनि धरानमा समेत डेंगो रोगको जोखिम क्षेत्रको रुपमा लिन थालिएको छ । मौसम परिवर्तनसंगै लामखुटेको टोकाइबाट हुने यो रोगबाट धरानमा संक्रमण भएको पाइएको छ । डेंगू ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेंगू ज्वरोको रोगीको रगत अरुलाई चढाउदा अङ्ग प्रत
बिराटनगर / कोशी प्रदेशका लागि तयार पारिएको स्टार्टअप उद्यम नीतिको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल गरिएको छ । संघ र प्रदेश सरकारले स्टार्टअप उद्यमीहरुलाई उद्यमशिलतामा अभिप्रेरित गर्न नीति तथा कार्यक्रम र बजेटमा गरेका व्यवस्थाका आधारमा बलियो नीति बन्नुपर्नेमा जोड दिएका छन्। कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सोमबार भएको छलफलमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवनप्रकाश सिटौलाले नीतिको मस्यौदामा उल्लेख भएका बिषयहरुबारे जानकारी गराएका थिए । छलफलमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले नविन विचार र कार्यक्रमहरुलाई अघ
काठमाडौँ/ यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्युनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ। यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने तथा तराई, भित्री मधेस, उपत्यका एवं खोचमा तातो हावाको लहरको जोखिम बढ्नसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए। प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका सम
सुनसरी/ नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ४ सय रुपैयाँ बढेको सुनको भाउ सोमबार (आज) प्रतितोला २ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ३ सय ६५ रु
विराटनगर / मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौँ नगरसभामा उपप्रमुख भूमा पराजुलीले ७३ करोड २८ लाख ४३ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन्। उपप्रमुख पराजुलीले चालु तर्फ ४९ करोड ९६ लाख २६ हजार ३ सय २०रुपैयाँ र पूँजीगततर्फ २३ करोड ३२ लाख १६ हजार ६ सय ८० रुपैयाँ विनियोजन गरिएको बताइन् । जस अन्तगर्त नेपाल सरकार समानिकरणमा १४ करोड ६४ लाख, नेपाल सरकार राजश्व बाँडफाँड अन्तर्गत ११ करोड ७३ लाख ४७ हजार, प्रदेश समानिकरणमा ९३ लाख ७२ हजार, प्रदेश राजश्व वाँडफाँडमा ७८ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसैगरी आन्तरिक
धरान / पुस्ता अन्तरका कारण जेष्ठ नागरिकहरु छोरा नातिको साथ सहयोग र सामिप्यताबाट टाढा भई एक्लो जीवन विताउन बाध्य छन् । पुरानो पस्ता र नयाँ पुस्ताबीचको खाडल झन झन गहिरो हुदै जादा पहिचान, संस्कार र संस्कृतिहरु पनि नयाँ पुस्तामा हस्तान्तरण नहुने भएकाले समाज सम्बन्धको बन्धन पनि खुकुलो हुदै गएको जेष्ठ नागरिक महासंघका अध्यक्ष छत्र बहादुर प्रधान बताउछन् । धरानमा अन्तर पुस्ता विषयक अन्तरक्रिया कार्यक्रम आईतबार होटल रत्ना ईनमा सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशका व
बिराटनगर / बिराटनगर १४ मा रहेको एस्पायर कलेजमा एक दिने तनाब ब्यबस्थापन तालिम सम्पन्न भएको छ । युवा बर्गहरुमा तनाब ब्यबस्थापन अहिलेको मुख्य आवश्यकता रहेकाले कलेजले आफ्ना बिद्यार्थी तथा शिक्षकका लागि तनाब ब्यबस्थापन तालिम आयोजना गरेको हो । तालिम मा ५२ जना बिद्यार्थी तथा १३ जना शिक्षकहरुको सहभागिता रहेको थियो । बिगत लामो समय देखि यहि क्षेत्रमा काम गर्नु भएका अनुसन्धानकर्ता मोटिभेसनल स्पिकर ,स्कुल अफ ह्यापिनेसका सस्थापक हरि सिटौलाले सहजीकरण गर्नु भएको कार्यक्रममा बिद्यार्थीहरुले बर्तमान समयमा एकदमै चुनौतीपूर्ण रहेको समय ब्यबस्थापन , असल बानीको बिकास , स्वस्थ तथा तनाब रहित जीवन शैली ,
विराटनगर/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्युतीय उपकरण जन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभएको छ । आज नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा क्लोभेरलिफ इन्जिनियरिङले विराटनगरमा आयोजना गरेको ‘इ वेष्ट म्यानेजमेन्ट’ कार्यशालाको उद्घाटन गर्दै कोइरालाले विद्युतीय सामाग्रीजन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभयो । उहाँले विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय रहेको धारणा राख्नुभयो । विद्युतीय, मेडिकल जन्य फोहोर व्यवस्थापन महानगरका लागि चुनौतिपूर्ण रहेको कोइरालाको भनाई छ । विद्युतीय फोहोरहरूलाई अन्य ठोस फोहोरका रुपमा व्यवस्थ
सुनसरी / मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशका धेरै भू-भागहरू र बांकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना छ। दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स
विराटनगर / नेपाल फार्मास्युटिकल एसोसिएसन कोशी प्रदेशको अधिवेशनबाट शभु शाहको प्यानल विजय भएको छ । शाहले निकटतम प्रतिद्वन्दी विवेक दाहाललाई १६९ मतअन्तरले पराजित गदै अध्यक्षमा निर्वाचित भएका छन । निर्वाचनमा कुल ५४६ मत खसेकोमा शाहले ३५२ मत प्राप्त गर्दा दाहालले १८३ मत प्राप्त गरेका थिए । एसोसेसनको उपाध्यक्षमा विश्वनारायण (बीएन) चौधरी,सचिवमा दिपेन्द्र खड्का,कोषाध्यक्षमा संजिप खड्का निर्वचित भएका छन । यसैगरी खुला सदस्य तर्फ विजय कार्की, रश्मि अधिकारी र महिला सद्स्यमा संगीना कुमारी चौधरीले निर्वचित भएका हुन । नव निर्वचित अध्यक्ष शाहले चुनावि नतिजा जे भए पनि अबका दिनमा समग्र फार्मेसी समुदायको हित हु