वादविवाद प्रतियोगितामा कविसा उत्कृष्ट

  • असोज ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ संविधान दिवसका अवसरमा विराटनगरस्थित अरनिको उच्च माविले वादविवाद प्रतियोगिता आयोजना गरेको छ ।

‘बढ्दो वैदेशिक पलायन : रहर कि बाध्यता’ शीर्षकमा आयोजना गरेको प्रतियोगितामा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै कविसा पोखरेल प्रथम भइन् ।

त्यस्तै समीर कटुवाल द्वितीय, आव्या घिघिरे तृतीय र शिक्षा यादवले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो ।

विद्यालयका शिक्षकद्वय टंकनाथ कोइराला र शिवकुमार लम्सालसमेत निर्णायक समिति रहेका थिए ।

विषयवस्तुको ज्ञान, तार्किक क्षमता, प्रस्तुतीकरण, भाषाशैली, समय पालनलगायतलाई मुख्य आधार मानेर पुरस्कृतहरूको नाम छनौट गरिएको प्रमुख निर्णायक नवोदितले बताए ।

विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन र तार्किक क्षमता वृद्धि गराउने उद्देश्यले वादविवाद प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।

विजेता विद्यार्थीलाई पिन्सिपल कार्कीसहित निर्देशक भरतराज दाहाल, निलम अधिकारी, योगेश राजभण्डारी, निर्णायकहरू मीनकुमार नवोदित, टंकनाथ कोइराला, शिवकुमार लम्साल, कार्यक्रम संयोजक विमल भट्टराईलगायतले पुरस्कार,

प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए । विद्यालयले पाठ्यक्रमको पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राखेर विभिन्न प्रतिस्पर्धा आयोजना गर्दै आएको कार्यक्रम संयोजक विमल भट्टराईले जानकारी दिए । यसअघि राष्ट्रिय बाल दिवसका अवसरमा विद्यालयले कविता प्रतियोगिता आयोजना गरेको थियो ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved