वराहक्षेत्रमा संविधान दिवसको अवसरमा सांस्कृतिक झाँकीसहित प्रभातफेरी "संगम बिस्ट"

  • असोज ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt -संगम बिस्ट

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले  १०औँ संविधान दिवसको अवसरमा सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

संविधान दिवसको अवसरमा बिहिवार बिहान सांस्कृतिक तथा जातिय पहिचान, झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । 

वराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा ३ दिवसीय कार्यक्रम गर्ने निर्णय अनुसार बिहिवार सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए । 

बिहिवार बिहान नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा उक्त सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा उप- प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु सहित ११ वटै वडाबाट स्थानिय संघ ,

संस्थाका प्रतिनिधि , समाजिक अगुवा , बुदिजिबि , कर्मचारी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर विभिन्न सामाजिक तथा जातिय संघ , संस्था , बिद्यालय , क्लब, जीवन विज्ञान लगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रभातफेरी प्रश्चात कार्यक्रममा विभिन्न जातिका सांस्कृतिक झाँकी किरात राई यायोख्याले साकेला शिल्ली नाच , नेवा: समाजले लाखे नाच , तामाङ्ग घेदुङ्गले डम्फु तथा धामी नाच , 

सुनुवार समाज चण्डि नाच , शेर्पा समाज सांस्कृतिक शेर्वो नाच , 

झागर उरावं समाजबाट झागर नाच , राजधामी उथान समाजवाट धुम्रा नाच , थारु कल्याकाणिबाट धुम्रा नाच , नेपाल राजधामी उथान संघ धुम्रा नाच , गुरुङ्ग समाजले सांस्कृतिक नाचसंगै सांस्कृतिक तथा आ- आफ्ना जातिय पहिचान झल्कने प्रस्तुति समेत दिईएका थिए ।

नौमति पञ्चे बाजा समूह वराहक्षेत्र - ३ , सिहवाहिनि पञ्चे बाजा समूह र संयुक्त दलित समाजले नौमती बाजा , जीवन बिज्ञानले योग कला र अंकल काफ्ले समुहले दाइजो प्रथा बिरुद्ब सडक नाटक मञ्चन गरेका थिए ।

नगरपालिकाको कार्यालयबाट सुरु प्रभात फेरी कार्यक्रमले मुनाल चौक, बस स्टेण्ड, राँगा चौक, बुधबारे चौक,

आइतबारे चौक, नेता चौक , पानी टङ्की, महेन्द्र गेट, मुनाल चौक लगायतका स्थान परिक्रमा पछि जातिय संस्थाले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

 संविधान दिवसको अवसरमा बिहावार पुरुष जनप्रतिनिधि र पुरुष कर्मचारीबिच मैेत्रिपुर्ण फुटबल प्रतियोगिता साझ दिपावली गरिने र शुक्रवार बिहान रक्तदान र माबि बिद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता आयोजना हुने छ ।

कार्यक्रममा विभिन्न जातिका सांस्कृतिक झाँकी , नेपाल मगर संघ , किरात राई यायोख्या , नेवा: समाजबाट सांस्कृतिक झाँकी प्रस्तुत भएको थियो ।

नगर प्रमुख श्री रमेश कार्की ज्युको संयोजकत्वमा आयोजना भएका झाँकीसहित प्रभातफेरी कार्यक्रममा , उप-प्रमुख ज्यु , वडा अध्यक्षज्युहरु , कार्यपालिका सदस्यज्युहरु ,

कर्मचारीज्युहरु सहित प्रभात फेरी कार्यक्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सशस्त्र बेस क्याम चतरा, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्र, चक्रघट्टि जेसीज, नया पिढि , जीवन विज्ञान लगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

नगरपालिकाको कार्यालयबाट सुरु प्रभात फेरी कार्यक्रमले मुनाल चौक, बस स्टेण्ड, राँगा चौक, बुधबारे चौक, आइतबारे चौक,

नेता चौक, महेन्द्र गेट, पानी टङ्की, जंङ्गि चौक, मुनाल चौक लगायतका स्थान परिक्रमा गरेर नगरपालिकाको कार्यालयम कोणसभामा परिणत भएको थियो ।

तस्बिरहरू :

1726736628569 1726736624532 1726736617297

1726735059585 1726735072351 1726735079701 1726735106032 1726735109727 1726735117173 1726735131124 1726735137871 1726735124201 1726735100569

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved