धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपार्टमेन्ट अफ हुमन एनाटोमीद्वारा, रोटर्याक्ट क्लब अफ धरान घोपा र इन्टरनेशनल ब्रेन रिसर्च अर्गनाइजेसनको सहकार्यमा आयोजित मस्तिष्क जागरूकता सप्ताह सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्य विद्यार्थी र सर्वसाधारणमा मस्तिष्क स्वास्थ्य र शिक्षाको बारेमा जनचेतना मुलक कार्यक्रम गरेको थियो । डाना फाउन्डेसनको सहयोग र सहकार्यमा संचालन भएको सप्ताहब्यापी कार्यक्रमको शुरूवातमा सरस्वती बाल आश्रममा सचेतना कार्यक्रम गरिएको थियो । विद्यार्थीहरूलाई मानव मस्तिष्कको सामान्य शरीर संरचना र फिजियोलोजी बारे सिकाइएको थियो। विद्यार्थीहरुलाई आफ्नो
धरान/ सैनिक आवासीय महाविद्यालयमा एकदिने आधारभूत पत्रकारिता कार्यशाला सोमबार सम्पन्न भएको छ । महाविद्यालयको नेपाली विभागले संयोजन गरेको सो कार्यशालामा सैनिक महाविद्यालयमा कक्षा १० अध्ययनरत् डेढ सयभन्दा बढी विद्यार्थी सहभागी थिए । कार्यशालामा विद्यार्थीहरूलाई कक्षा १० को नेपाली विषयको पाठ्यक्रममा समावेश भएका समाचार लेखन, घटना टिपोट र रिपोर्टिङ, सम्पादकीय, सम्पादकलाई चिट्ठी तथा प्रतिवेदन लेखनजस्ता विषयमा आधारभूत जानकारी दिइएको थियो । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक एवम् कोशीपत्रका सम्पादक राजेश विद्रोहीले विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए । उनले त्यस क्रममा विद्यार्थीह
धरान / सुविधा र अवसरको खोजीमा बसाई सर्दा पहाडी क्षेत्र रित्तिने क्रम बढ्दो छ तर कसैले अवसर नदेखेको धनकुटाको कुरुलेमा कसैको लागि भने ठूलो अवसर बनेको छ । बसाई सराईले बाक्लो बस्ती रहेको धनकुटाको कुरुले एकाएक रित्तिन थालेपछि गाउँ नै झाडीमा परिणत भयो । उराठ बनेको सोही ठाउँमा अहिले केही व्यक्ति भने सम्भावनाको खोजीमा छन् । एक समय बाक्लो बस्ती भएको साविकको धनकुटाको कुरुले गाविस पछिल्लो समय बसाई सराइले रित्तिदै गयो । बसाई सराईले गर्दा भर अवसरमा सहयोग गर्ने मान्छे खोज्न पनि धेरै टाढा पुग्नुपथ्र्यो । गाउँ नै रित्तिए पछि गाउमा कोही नबसेपछि धेरै बस्ती झाडीमा परिणत हुन पुग्यो । अत्याधिक चहलपहल कुरुले बसाई
काठमाडौं / अठार बुँदे माग सहित आन्दोलनमा रहेको माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका परिक्षण स्थगित गरेको छ । हिस्टुनले मंगलबार (आज) देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको बताए । सरकारले २०६७ सालमा दिएको चार हजार अनुदान कोटाको शिक्षक दरबन्दीलाई शिक्षक दरबन्दीमा परिणत गर्नुपर्ने र अब आउने शिक्षाको संघीय ऐनमा साविक उमावि ९ कक्षा ११ र १२० तहमा अध्यापनरत शिक्षकहरुको समस्या समा
बिराटनगर / कोशी प्रदेश अन्तरगतका १४ वटै जिल्लाका बिभिन्न स्थानहरुमा बिशेष कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय स्तरबाट १६ स्थानमा, इलाका प्रहरी कार्यलय स्तरबाट ५६ स्थानमा र प्रहरी चौकी स्तरबाट १ सय २६ स्थान समेत गरी १ सय ९८ स्थानमा स्थानिय निकाय तथा बिभिन्न संघ संस्थाहरुसंग समन्वय गरी लागुऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो । सुनसरीको धरान पानवारी स्थित आसरा सुधार केन्द्र पानवारीले “ लागू औषध दुरुपयोग बिरुद्धको ऐक्यबद्धताः व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धत
धनकुटा / सुरक्षालाई मध्यनजर गरी धनकुटाको पाख्रीवास नगरपालिकामा नयाँ स्वास्थ्य चौकीको निर्माण गरिएका छ । पाख्रीबास नगरपालिका वडा नं ८ मा बनेको नयाँ स्वास्थ्यचौकी भवन संघिय सरकारको ५७ लाख लागतका ४ कोठे एक तले स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । २०७९ चैत महिनाबाट निर्माण शूरु गरिएको भवनको अहिलेसम्म करिब ८० प्रतिशत सकिएको नगरपालिकाले जनाएको छ । पुरानो स्वास्थ्यचौकी भवन जीर्ण र साँघुरो भएपछि नयाँ भवन निर्माण गरिएको हो । वडाध्यक्ष गणेश राईका अनुसार भवन निर्माणका लागि स्थानीय देबेन्द्र राईले निःशूल्क २ रोपनी जग्गा उपलब्ध गराएका थिए । निर्माणाधीन भवनको अब झ्याल ढोका लगाउने, रंगरोगन गर्ने,टायल विछ
धरान /नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले सोमबार एक दिने व्यवसायी करदाता शिक्षा प्रदान गरेको छ। वर्तमान कर व्यवस्था एवं आर्थिक बिधेयक २०८० मा भएका प्रमुख प्रावधान साथै भ्याट सम्बन्धि शिक्षाको तालिम दिएको हो । नयाँ व्यवसाय गर्ने र पुराना व्यवसायीहरुलाई कसरी करको दायरामा रहन सकिन्छ, करका किसिम र व्यवसायमा दैनिकी हुने कारोबारलाई कम्प्युटरमा मात्रै नभएर दैनिकि कारोबार समेत लेख्ने, एउटै पान नम्बर भएको व्यवसाय बाट अन्य ठाउँमा समेत शाखा तथा अन्य व्यवसाय गर्ने सकिने, एउटै पान नम्बर विल बाट शाखा खुलाएर विल बनाउन सकिने विषयमा समेत प्रशिक्षण गराएको थियो । राजस्व कार्यलयले पछिल्लो समय कुनै
धरान/ बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सम्पन्न भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत बास्केटबल खेलमा डाक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष दुबै टिम फाइनल प्रबेश गरेका छन । बुधबार हुने फाइनल खेलमा महिला तर्फ डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर टिम र पुरुष तर्फ पनि डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर बिच नै उपाधिको लागि प्रतिश्पर्धा गर्नेछन । सोमबार भएको महिला तर्फको सेमि फाइनल खेलमा डाक्टर्स टिमले जुनियर फस्ट इयर टिमलाइ २४-० र थर्ड इयरले फस्ट इयर सिनियरलाइ ८-५ अंकले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । यसै गरि पुरुष तर्फ डाक्टर्स टिमले फोर्थ इयर
सुनसरी/ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। तराईका केहि स्थानहरूमा हावा हुरीकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका
झापा/ पूर्वपश्चिम राजमार्गको झापा स्थित शिवसताक्षी–९ स्थित भालुखोलामा भएको सडक दुर्घटनामा परी बाबुछोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र१–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र१–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ । गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिाका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भए