समाचार

    Showing 2,811-2,820 of 10,130 items.
  • प्रदेशस्तरीय वकृत्वकला प्रतियोगितामा धरानका अनुप दोस्रो

    धरान/  कोशी प्रदेश स्काउट कार्यालयले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शनिबार मोरङको बेलबारीमा प्रदेशस्तरीय वकृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।  प्रतियोगितामा धरान उपमहानगरपालिकाबाट सहभागी पब्लिक हाइस्कुल स्काउट दलका स्काउट अनुप झा दोस्रो भएका छन् । यसैगरी विराटनगर महानगरपालिकाबाट सहभागी पोखरिया स्काउट दलकी स्काउट रागिनी न्यौपाने पहिलो र लेटाङ नगरपालिकाबाट सहभागी लक्ष्मी स्काउट दलकी स्काउट रक्षा ओझा तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुने प्रतिस्पर्धीलाई क्रमशः ७ हजार ७७७, ५ हजार ५५५ र ३ हजार ३३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 750 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताको उपाधि काठमाण्डौ, र धरानलाई

     धरान / तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताको उपाधि ओपन रिकभरिङ्ग तर्फ फस्ट स्टेप काठमाण्डौ, भेट्रान तर्फ डिआर एफसि धरान र महिला तर्फ एना समुह धरानले चुमेको छ । सनिवार भएको फाइनल खेलमा ओपन तर्फ फस्ट स्टेपले युनाइटेड फेलोसिप दार्जिलिङ्गलाई ५–१, भेट्रान तर्फ डिआर एफसि धरानले ग्रेस फाउण्डेसन गाङटोकलाई ४–२ र महिला तर्फ ऐना समुह धरानले एक्ट नेपाललाई हराउदै उपाधि चुमेका हुन । महिला तर्फ प्राविधिक कारणले एक्ट नेपाल इटहरी फाइनलमा सहभागिता जनाउन नसकेपछि प्राविधिक टिम र आयोजकले ऐना नेपाललाई विजेता घोषित गरेका थिए । भे्रट्रान तर्फको तेस्रो उपाधिका लागि शुक्रवार

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 648 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी यातायात मंत्रालय के गर्दै होला, जिम्मेवारी पर्छ कि पर्दैन ?

    बडा दशैं नजिकिँदै गर्दा यात्रुको अत्यधिक चाप हुने भएकोले संघिय सरकारको यातायात मंत्रालयले सुरक्षित एवं सहज ढंगबाट यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउन पटक पटक सरोकारवालसंग छलफल गरेको देखिन्छ तर प्रदेश सरकारको यातायात हेर्ने मंत्रालय के गर्दै होला ? प्रदेश सरकारको काम यातायातबाट राजश्व संकलन मात्र गर्ने हो । कि दशैमा यात्रुको सुरक्षा, सवारीसाधन संचालनको अवस्था, प्रदेश भित्रको सडकको अवस्था,बर्षाले भत्किएको सडक तत्काल मर्मत गर्ने , दुर्घटना रहित यात्रा गराउने आदि बिषयमा छलफल, तैयारी प्रदेश सरकारको जिम्मेवारी पर्छ कि पर्दैन ? जे होस,बर्षाले धेरै ठाउको ग्रामीण सडक जिर्ण भएको छ,सडकको कारण दुर्घटना जोख

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 745 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दशैंमा यात्रुमैत्री सेवा गर्न बुकिङ मजदुरहरुको प्रतिवद्धता

    काठमाण्डौं । दशैं लगायत चाडपर्वका समय यात्रुहरुलाई प्रभावकारी सेवा प्रदान गर्न यातायात मजदुरहरुले प्रतिवद्धता जनाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संले काठमाण्डौं उपत्यका भरीका बुकिङ काउन्टरमा कार्यरत मजदुरहरुसंग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरि सबै मजदुरहरुलाई चाडका समय यात्रुहरुहरुलाई सहज र सरल यात्रा गराउने विषयमा प्रतिवद्धता जनाएको हो । शनिबार कोटेश्वरमा आयोजित कार्यक्रममा काठमाण्डौं उपत्यकाको चक्रपथ आसपासमा रहेका बुकिङ काउन्टरमा कार्यरत मजदुरहरु र चालक सहचालकहरुलाई चाडपर्वका समय यात्रुहरुको सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा साझा प्रतिवद्धता गराइएको छ । संगठनका केन्द्र

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 574 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यौन संबन्ध राख्न नमान्दा विवाद- आमा–छोरा हत्याको हत्या,हत्यारा १५ दिन पछि पक्राउ

    उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा– छोराको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ । वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र उनका छ वर्षीया छोरा आरुस थापाको हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापामगरलाई प्रहरीले सार्वजनिक गरेको हो । गत भदौ १९ गते बुधबार राति भएको आमा–छोरा हत्या प्रकरणका दोषीले यौन सम्पर्क राख्न नमान्दा विवाद भएपछि आमा छोराकै हत्या गरेको खुलेको छ भने प्रहरीले हत्या भएको करिब १५ दिनमा हत्यारा पत्ता लगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 1,649 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फस्ट स्टेप काठमाण्डौ, दार्जिलिङ युनाइटेड, गाङताेक, धरान,र इटहरी फाइनलमा भिड्ने

    धरान/ तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ फस्ट स्टेप काठमाण्डौ र दार्जिलिङ्ग युनाइटेड फेलोसिप, भेट्रान तर्फ ग्रेस फाउण्डेसन गाङटोक र डिआर एफसि धरान र महिला तर्फ एना समुह धरान र एक्ट नेपाल इटहरी फाइनमा भिड्ने भएका छन । सञ्जिवनी केन्द्र धरानको आयोजनामा असोज ३ गते देखि सुरु भएको प्रतियोगितामा शुक्रवार भएको ओपन रिकभरिङ्ग तर्फको पहिलो सेमिफाइनल खेलमा फस्ट स्टेप काठमाण्डौले चितवन फेलोसिपलाई ३–० र दार्जिलिङ्ग युनाइटेडले डिआर एफसि धरानलाई टाइवेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन । दार्जिलिङ्ग युनाइटेड र डिआर एफसिले निर्धार

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 668 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयमा विद्यार्थीको प्रतिभा खोजीको लागि ट्यालेण्ट शो २०८१

    धरान/ धरान १६ स्थित युएन नवोदय कलेजले कक्षा ११ का नयाँ विद्यार्थीहरुको प्रतिभालाई कदर गर्दै आज(शुक्रबार) युएन नवोदय ट्यालेण्ट शो गरेको छ । विहान कलेज परिसरमै उक्त कार्यक्रम गरेको हो ।   कलेजका पिआर राम बहादुर लिम्वूका अनुसार त्यहाँ अध्ययनरत ३ सय १० जना यो वर्षको नयाँ शैक्षिक सत्रको लागि कक्षा ११ मा विद्यार्थी भर्ना भएका छन् । उनीहरुको प्रतिभालाई कलेजले प्लेट फर्म दिएको हो । पढाई अलवा विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभाको कदर गर्दै हरेक बर्ष युएनमा कक्षा ११ मा भर्ना भएका व्द्यिार्थीहरुको प्रतिभाको सम्मानको लागि यस्ता कार्यक्रम गर्दै आएको पिआर लिम्वुले बताए । कक्षा ११को होट

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 1,206 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रातमा हात्ती,दिनमा बाँदर,बाढीले बस्ती बगाउने पिरलो (भिडियो सहित)

    धरान/ जंगलको पुच्छार,झुरुप्पै बस्ती,नजिकै खोला । धरान ६ पानबारी माछापुच्छ्रे बस्तीमा छ दर्जन बढी घरपरिवारको बसोबास छ । रातभरी जंगली हात्तीले आएर मार्ला की भन्ने पिरलो । अनि जब उज्यालो भुँईमा खस्छ,बाँदरको आतंकले हैरानी । बर्षाको समयमा खोलामा आउने बाढीको झनै चिन्ता,माच्छापुछ्रे बासीले रातमा निद पाउँदैनन् भने दिनमा चैन छैन । जाने कता जाने ,बस्ने कसरी बस्ने ? जसोतसो बनिबुतो गरेर साँझ बिहानको छाक टर्छ तर खाको र नखाको उस्तै नै हुन्छ । आर्थिक अबस्था दयनीय रहेका,विहान बेलुका छाक टार्न मस्किल हुनेहरु प्रायः त्यहाँ रहेका छन् । ५९ साठी घर परिवारहरु रात दिन पीरै पीरमा जीवन जीउन बाध्य हुँदै

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 1,204 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर विद्यालय चित्रकला प्रतियोगितामा महेन्द्र प्रथम र दोस्रो

    दुहबी/ प्याबसन द्वारा आयोजित प्राथमिक तहको  जिल्ला स्तरीय खुला  चित्रकला प्रतियोगितामा महेन्द्र मेमोरियल एकेडेमीमा अध्यनरत  छात्रा एलिना खातुन र एलिशा खातुनले  जिल्ला भरि बाट २१ जना छनोट भएको  प्रतिस्पर्धिहरुलाई पछि पार्दै क्रमश प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएका  छन। कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका शिक्षा खेलकुद शाखा प्रमुख गणेश बहादुर खतिवडाले प्रथम दोस्रो हुने सहभागी बिधार्थिलाई टफि,प्रमाणपत्र गिफ्टहेमपर प्रदान गरेको थियो । धरानको बिजयपुर कलेजमा भएको  सुनसरी जिल्ला प्याबसनद्वारा आयोजित प्राथमिक ९कक्षा –५० चित्रकला प्रतियो

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 661 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वादविवाद प्रतियोगितामा कविसा उत्कृष्ट

    विराटनगर/ संविधान दिवसका अवसरमा विराटनगरस्थित अरनिको उच्च माविले वादविवाद प्रतियोगिता आयोजना गरेको छ । ‘बढ्दो वैदेशिक पलायन : रहर कि बाध्यता’ शीर्षकमा आयोजना गरेको प्रतियोगितामा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै कविसा पोखरेल प्रथम भइन् । त्यस्तै समीर कटुवाल द्वितीय, आव्या घिघिरे तृतीय र शिक्षा यादवले सान्त्वना स्थान प्राप्त गरेका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो । विद्यालयका शिक्षकद्वय टंकनाथ कोइराला र शिवकुमार लम्सालसमेत निर्णायक समिति रहेका थिए । विषयवस्तुको ज्ञान, तार्किक क्षमता, प्रस्तुतीकरण, भाषाशैली,

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 601 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved