फस्ट स्टेप काठमाण्डौ, दार्जिलिङ युनाइटेड, गाङताेक, धरान,र इटहरी फाइनलमा भिड्ने

  • असोज ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt _बिकास चाम्लिङ राई

धरान/ तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ फस्ट स्टेप काठमाण्डौ र दार्जिलिङ्ग युनाइटेड फेलोसिप, भेट्रान तर्फ ग्रेस फाउण्डेसन गाङटोक र डिआर एफसि धरान र महिला तर्फ एना समुह धरान र एक्ट नेपाल इटहरी फाइनमा भिड्ने भएका छन ।

सञ्जिवनी केन्द्र धरानको आयोजनामा असोज ३ गते देखि सुरु भएको प्रतियोगितामा शुक्रवार भएको ओपन रिकभरिङ्ग तर्फको पहिलो सेमिफाइनल खेलमा फस्ट स्टेप काठमाण्डौले चितवन फेलोसिपलाई ३–० र दार्जिलिङ्ग युनाइटेडले डिआर एफसि धरानलाई टाइवेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन ।

दार्जिलिङ्ग युनाइटेड र डिआर एफसिले निर्धारित समय सम्म वरावर ३–३ गोल गरेपछि खेल टाइवेकरमा धकेलिएको थियो ।

रिकभरिङ्ग भेट्रान तर्फ गे्रस फाउण्डेसन गाङटोकले रिकभरिङ्ग व्रदस सिक्किमलाई १–० र डिआर एफसि धरानले आश्रय काठमाण्डौलाई २–१ गोल अन्तरले पराजित गदैै फाइनल प्रवेश गरेका हुन ।

प्रतियोगिताको फाइनल खेल आसोज ५ गते शनिवार विहान १० वजे देखि सुरु हुनेछ ।

प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ १४ टिम, भ्रेटान रिकभरिङ्ग तर्फ ७ टिम र महिला रिकभरिङ्ग तर्फ ३ टिमले सहभागिता जनाएको थियो ।

प्रतियोगितामा ओपन रिकभरिङ तर्फका विजेताले नगद दुई लाख, दोस्रो पुरस्कार नगद १ लाख, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

भे्रटान तर्फका विजेताले नगद ५० हजार, दोस्रोले ३० हजार र तेस्राले २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

महिला तर्फका विजेताले नगद २० हजार र दोस्रोले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडि र गोलकिपरले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैगरि शुक्रवार नै संपन्न भेट्रान रिकभरिङ्ग तर्फको तेस्रो उपाधिको लागि भएको खेलमा आश्रय काठमाण्डौले सिक्किम व्रदस रिकभरिङ्गलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको तेस्रो उपाधि चुमेको छ ।

उपाधि संगै आश्रयले नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

तेस्रो उपाधि विजेताहरुलाई शनिवार हुने फाइनल खेल पछि पुरस्कार प्रदान गरिने आयोजक सन्जिवनी केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्रकारले जानकारी गराए  ।

 

 

 

 

 

 

 

 

 

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved