रातमा हात्ती,दिनमा बाँदर,बाढीले बस्ती बगाउने पिरलो (भिडियो सहित) "रणध्वज लोहार"

  • असोज ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt - रणध्वज लोहार

धरान/ जंगलको पुच्छार,झुरुप्पै बस्ती,नजिकै खोला । धरान ६ पानबारी माछापुच्छ्रे बस्तीमा छ दर्जन बढी घरपरिवारको बसोबास छ ।

रातभरी जंगली हात्तीले आएर मार्ला की भन्ने पिरलो ।

अनि जब उज्यालो भुँईमा खस्छ,बाँदरको आतंकले हैरानी । बर्षाको समयमा खोलामा आउने बाढीको झनै चिन्ता,माच्छापुछ्रे बासीले रातमा निद पाउँदैनन् भने दिनमा चैन छैन ।

जाने कता जाने ,बस्ने कसरी बस्ने ? जसोतसो बनिबुतो गरेर साँझ बिहानको छाक टर्छ तर खाको र नखाको उस्तै नै हुन्छ ।

आर्थिक अबस्था दयनीय रहेका,विहान बेलुका छाक टार्न मस्किल हुनेहरु प्रायः त्यहाँ रहेका छन् ।

५९ साठी घर परिवारहरु रात दिन पीरै पीरमा जीवन जीउन बाध्य हुँदै आएका छन् । सरकारी जग्गामा उनीहरुको बसोवास छ ।

खोलाको डिलमा पोखरा खोला छ,डिलैमा स—साना घरहरु बनाएर दुई दशकभन्दा अघिदेखि वस्दै आएकाहरुका लागि खोला,जंगली जनावरले उठिवास बनाउने भएको छ ।

रातदिन पीडित हुँदै आएका आनन्द श्रेष्ठलाई पीरै पीर भएपछि त्यहाँ वस्न पटक्कै मनले नमान्ने बताउँछन् । तर जाने कहाँ जाने ,कहाँ गएर वस्ने साह्रै चिन्तामा छन् ।

जसोतसो ज्यामी काम गरेर परिवारको साँझ विहानको छाक त टार्छन तर एक गाँस खाएर आनन्दले सुत्नै नपाउने श्रेष्ठको दुखेसो छ । उनी भन्छन्,“दिनभरी काम गर्छु,राती निदाउँन सकिँदैन,बाँदरले उस्तै गारो,खोलामा आउने बाढीले कुन बेला बगाउने हो पत्तो छैन।”

आनन्दलाई जस्तै कल्पना विश्वकर्माको पनि पीडा उहीँ नै हो । दिनभरी बाँदर खेदायो, बाँदरले कति बेला घर भित्र पसेर खाई दिन्छ थाहा हुदैन,बाँदरको गोठालो बस्नु पर्छ,बाँदरलाई हत्तपत्त आइमाई केटाकेटीलाई टेर्दैन,साहै्र पीर भयो, हामी कहाँ गएर बस्नु ?कल्पना दुखेसो गर्छिन ।

 माछापुच्छ्रे बस्तीका अगुवा धन बहादुर विश्वकमाका अनुसार उक्त बस्तीमा दलित र जनजातीहरुको बसोबास रहेको छ । वस्ती संरक्षणको लागि धरै पटक स्थानीय सरकार,सांसद लगायत पार्टीका नेताहरुलाई गुहारेको बताउँछन् ।

खोलामा आउने बाढीलाई नियन्त्रण गर्न नसक्दा बस्ती नै जोखिममा परेको विश्वकर्माले बताए । उनले भने,“यो बर्ष बल्ल सांसद रमेश वस्नेत मार्फत १० वटा तारजाली ल्याएका छौ,उहाँले भन्नु चाहिँ ३० वटाको भन्नु भएको थियो तर इनरुवामा यत्ति नै दिए।”

हामीलाई खोला तारजाली लगाएर नियन्त्रण गर्न मात्रै २० लाख भन्दा बढी पैसा लाग्छ ,कहाँबाट ल्याएर गर्नु,पटक पटक माग गर्दै स्थानीय सरकारका जनप्रतिनिधी , नेताहरुलाई गएर भेट्यौं तर अहिले सम्म हाम्रो समस्या सुनुवाई भएन,हाम्रा त भोट मात्रै लिएर जितेर जान्छन् ,चुनावका बेला सबै गरिदिने भन्छन् र जितेर गएपछि ढाँट्छन् धनबहादुरले दुखेसो पोखे ।

धरान ६ पानबारी अति नै हात्ती प्रभावित क्षेत्र पनि हो ।

नेपाल र भारतको सिमना पुर्वी नाका काँकडभिट्टबाट आउने रैथाले हात्तीले सधै दुख दिदै आएको छ ।

तीन दशक यता मात्रै आधा दर्जनबढीलाई हात्तीलाई मारिसकेको छ । जंगली हात्ती,बाँदर पानबारीवासीको लागि अभिसाप नै बन्ने गरेको पीडित स्थानीयहरु बताउँछन् ।

भिडियो:

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved