विराटनगर । समन्वय समिति महासङ्घ कोशी प्रदेश समिति गठन भएसँगै पदाधिकारी र सदस्यहरूले शपथ लिएका छन् । जिल्ला समन्वय समितिको कार्यलाई सहजीकरण गरी काममा एकरूपता ल्याउनको लागि जिल्ला समन्वय समिति महासङ्घले यसअघि गर्दै आएको अभ्यासलाई निरन्तरता दिइएको हो । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशमा रहेका समितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १४ जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख कार्यक्रममा सहभागी थिए। नव गठित समन्वय समिति महासङ्घ कोशी प्र
सुनसरी/ बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार (आज) प्रतितोला ६ सय रुपैयाँ घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थिय
सुनसरी / दाइजो मागेको आरोपमा सुनसरीको दुहबी नगरपालिकाका अनुराग रौनियार पक्राउ परेका छन् ।काठमाडौंको वडा नम्बर १३ ताहाचल बस्दै आएका रौनियारलाई बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी वृत्त काठमाडौंले जारी गरेको विज्ञप्ति अनुसार बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो माग्दै उपलब्ध नगराएको खण्डमा विवाह नै रद्द गर्ने धम्की दिए पछि बिवाहको मन्डपबाटै पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानबाट पटक पटक गरी बेहुली पक्षबाट २२ लाख रुपैयाँ लिइसकेको पनि खुलेको छ । विवाह समारोहमा जन्तीलाई उचित स्वागत नभएको र मागेजति दाइजो नपाएको भन्दै बेहुला पक्षले गाली बेइज
पाँचथर / विषाक्त च्याउ खाँदा पाँचथर कुम्मायक गाउँपालिका र फिदिम नगरपालिका ९ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका-१ का ४ जना र फिदिम नगरपालिका-११ लक्सीबोटेका एकै परिवारका ५ जना बिरामी परेका हुन् । कुम्मायक-१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन्। उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ।
सुनसरी / कोशी नामकरण खारेजीको पुनः नामकरण संघर्ष समिति पहिचानवादी र कोशी प्रदेश सरकार बिचको वार्ता स्थगन भएको छ एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको हो । संयुक्त सङ्घर्ष समितिले विज्ञप्ति मार्फत प्रदेश सरकारले वार्ताको वातावरण अन्यौलपूर्ण बनाएको आरोप लगाई वार्ता स्थगित गरेको हो । सरकारसँग वार्तामा नबस्ने बताएसँगै आजको लागि तय भएको वार्ता स्थगित भएको छ । वार्ताको नाममा कोशी सरकारले राजनीति सुरु गरेको किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती
सुनसरी/ आगामी चौबिस घन्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ–गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मधेश प्रदेशका धेरै
विराटनगर / मोरङको उर्लाबारी नगरपालिका-१ झारसादीबाट लागुऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ७ बजे लागुऔषधको कारोबार भईरहेको बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानिय २१ बर्षीय दिपेश धिलाम, २० बर्षीय मेघराज माझी, २० बर्षीय धिरेन राई र उर्लाबारी-५ का २१ बर्षीय समिर बर्देवालाई लागुऔषध बिक्रिबितरण गरीरहेको अवस्थामा पक्राउ गरेको हो । उनिहरुको साथबाट ट्रमाडोल ३ सय ६६ क्याप्सुल, स्पास्पेन ३ सय ६६ क्याप्सुल र नगद १९ हजार ६ सय रुपैया बरामद गरेको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यलय विराट
बिराटनगर / कोशी प्रदेश सरकारमा सम्मिलित दुई वटा पार्टीले समर्थन फिर्ता लिए पछि अल्पमतमा परेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने बारेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन्। कोशी प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार असार १४ गते बस्ने प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले दर्ता गरेको सूचनाका आधारमा विश्वासको मत लिने प्रस्तावलाई कार्यसूचीमा राखिने छ। सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीलाई सत्तामा टिकिरहन प्रदेशसभाबाट विश्वासको मत लि
झापा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले झापा जिल्ला अन्तरगत भद्रपुर एरियाको सिमा क्षेत्रको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । निरीक्षण तथा अनुगमन पश्चात वडा प्रहरी कार्यालय भद्रपुर मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै सिमावर्ती क्षेत्रमा हुने बिबिध अपराधका घटनाहरुमा बिशेष चनाखो भई काम कारवाही गर्न र सिमावर्ती क्षेत्रमा कडाईका साथ चेकजाँचको ब्यबस्था मिलाई हुन सक्ने चोरी निकाशी पैठारीका घटनाहरुलाई नियन्त्रण गर्न २४ सै घण्टा दत्त चित्त भई लागी पर्ने निर्देशन दिनु भयो ।
धरान/ मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा नेपाल सरकारले एक दिन बिदा दिने निर्णय गरेको छ । बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले आज सूचना जारी गरेको छ । यो मुस्लिम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो पर्व हो। हिजरी पात्रो अनुसार जुल्हिज्जा महीनाको १० तारीखबाट यो पर्व मनाउने गरिन्छ। बकर इदको दिन देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीहरुको भीड लाग्ने गर्दछ । एक अर्कामा शुभकामना दिदै नयाँ लुगा खरिद गर्ने, मीठो परिकारहरु बनाएर खुवाउने चलन रहेको छ ।