बाँदरले दिएको हैरानीबाट सर्वसाधारण आजित' समस्याको समाधान भएन

  • असोज ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा बाँदर धरानेहरुका लागि टाउको दुखाइको विषय बनेको छ । बादरकै कारण सर्वसाधारण हैरानी भएका  छन् ।

समधानका लागि विगदेखि नै प्रयास गरे पनि प्रयार निरर्थक भएको छ ।
धरानेहरुका लागि बाँदर टाउको दुखाइको विषय बनेको छ । विशेष गरी बजार एरियामा बाँदरले बढी हैरान बनाउने गरेको छ ।

धरान १४ विजयपुरको नजिकै रहेको जंगलबार्ट बजार झरेका यस्ता बाँदरहरु उग्र हुने गरेका छन् । उग्र भएकै कारण सर्वसाधारणको पकाएको भात खाइदिने, फलफूल चोरेर वाक्कदिक्क बनाइदिने, विक्रीका लागि राखेको कपडाहरु फ्यालिदिने, च्यातिदिने लगाएका समस्या बर्षैदेखिको हो ।

हुन यो समस्या अहिलेको भने होइन । बर्षौदेखिएको हो । केही सिप नलागेर अहिले सर्वसाधारण बाँदर धपाउन चौवीसैे घण्टा हातमा लौरो बोकेर बस्ने गरेका छन् ।

धरान २ सिंहदेवी छेउका गोविन्द अग्रवालले हुलका हुल बाँदर आएर घरभित्र पस्ने, सबै कुरा नस्ट गर्ने गरेको बताए ।

उनले खेदाउन खोज्दा उल्टै झम्टिने गरेकोले त्रासपूर्ण रुपमा बस्नुपरेको बताए । विजुलीको तार हल्लाउने, झुण्ड्याएका लुगा च्यात्ने फाल्ने त सामान्य नै भइसकेको उनको भनाई छ ।
बामान्छेलाई टोक्न गरेकाले लठ्ठी बोकेर बस्नु परेको उनीहरु बताउँछन् ।

बादरका कारण डराएर बस्नुपरेको धरान २ का सुमित अग्रवाल बताउछन् ।सामान फाल्नेमात्र हैन मान्छेमाथि नै आक्रमण गर्ने गरेका कारण मान्छे नै पिंचडाभित्र बसेको जस्तो अनुभव हुने उनले भनाई छ ।

विगतमा जंगल छेउछाउमात्र दुःख दिने बाँदर अहिले व्यवस्त बजारमा छिरेर उपद्रो् मच्चाउने गरेका छन् ।

बादर व्यवस्थापनका लागि धरान ३ का सकुल श्रेष्ठ श्रेष्ठको संयोजकत्वमा २०७० सालमा बाँदर पीडित संघर्ष समिति समेत गठन गरेको थियो ।

धरानको बादर व्यवस्थापनका लागि योसमितिले तीनै तहका सरकारलाई ज्ञापनपत्र समेत बुझायो ।

धरानको बाँदरका विषयमा तत्कालीन सांसद सावित्री श्रेष्ठले संसदमै यो कुरा उठाइन् । तर पनि बादरले पु¥याउने भौतिक तथा मानवीय क्षति कम हुन सकेको छैन ।

संघर्ष समितिका अध्यक्ष सकुल श्रेष्ठले बादर व्यवस्थापनका लागि पटक पटक सम्बन्धित पक्षमा ध्यानाकर्षण गराउँदासमेत समस्यासमाधान नभएको बताए ।

उनले समाधानको पहल भन्दा पनि यसलाई तीनै तहका सरकारले मजाकको रुपमा लिएको सुनाए ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved