धरान उमपहानगरको मावि विहीन वडा ,विद्यर्थाी घण्टौं हिडेर शहर धाउन बाध्य

  • असोज ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका वडा न. ४ विकट वडाको रुपमा चिनिन्छ । यहाँका विद्यार्थीहरु घण्टौ हिडेर विद्यालयसम्म अध्ययन गर्न बाध्य छन् ।

शिवजट्टा, हर्दिया, देवी गाउँजस्ता विकट गाउँहरु यस क्षेत्रमा पर्छन् । यो वडामा ६ वटा विद्यालय छन् तर सबै आधारभूत तहका विद्यालय हुन ।

विगठ भएकै कारण भदौ २९ गतेको राष्ट्रिय बालदिवस वडाको संयोजनमा शुक्रबार मात्र सम्पन्न भएको छ ।

वडाले कन्या आधारभूत विद्यालय कन्यापोखरी, बालिका आधारभूत विद्यालय देवीटार भेडेटार, आधारभूत विद्यालय हर्दिया, पञ्चकन्या आधारभूत विद्यालय हर्दिया, सिंहदेवीदेवी आधारभूत विद्यालय सुमनटार र शिक्षाज्ययोति आधारभूत विद्यालय बसन्तटारलाई धरान ४ मा बसन्तटारमा रहेको वडा कार्यालयमै भेला गराएर कार्यक्रमको आयोजना गरेको हो ।

उपमहानगरपालिकाको अत्यन्तै विकट ठाउँ भएकोले पनि एकै पटक वडामै कार्यक्रम गरिएको ४ नं. वडा सदस्य एवम् कार्यक्रम संयोजक मीना तामाङले बताइन् ।

उनल सो अवसरमा विद्यार्थीहरुले आफूभित्र भएको क्षमतालाई प्रदर्शन गरेको बताइन् ।

विद्यार्थीहरुले नृत्य, कविता, गायन प्रतियोगिता लगायतका कार्यत्रमको आयोजना गरिएको उनको भनाई छ ।

एकै पटक सबैलाई भेला गराएर कार्यक्रम गर्नुको प्रमुख उद्देश्य विद्यालयका विद्यार्थीहरुबीच प्रतिष्पर्धा गराउने, विद्यालयका विद्यार्थी, शिक्षक तथा शिक्षिका एकै ठाउँमा जमघट हुने र विद्यालयहरुको समस्याका विषयमा जानकारी हुने भएकोले पनि सबै विद्यालयलाई एकैपटक एकै ठाउँमा कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष धनबहादुर राईले बताए ।

अन्त्यन्तै गर्मी, टन्टलापुर घाम लागे पनि विद्यार्थीहरुले त्यसलाई वेवास्ता गर्दै आ आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved