धरान हेल्पिङ ह्यान्ड्समा किरण " शैक्षिक क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्ने योजना "

  • असोज ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान हेल्पिङ ह्यान्ड्सको शनिबार सम्पन्न चौथो साधारणसभाले किरण भुजेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित कार्यसमितिका उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः विद्या शाक्य, रमेश राई (रोमु), मणि लिम्बू, कोपिला राई र नर्वदा गुरुङ छानिएका छन् ।

यसैगरी नवगठित कार्यसमितिका सदस्यहरूमा विशाल थापा, शैलेस दाहाल र जोलिस गुरुङ छानिएका छन् ।
दुबईमा रहेका धरानेहरूको सहयोगबाट सञ्चालन भइरहेको धरान हेल्पिङ ह्यान्ड्सले आगामी दिनमा धरानको शैक्षिक क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्ने संस्थाका संरक्षक ईश्वर श्रेष्ठले बताए ।

आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकाहरूलाई संस्थाले सक्दो आर्थिक सहयोग गर्ने उनको भनाइ छ । नवनिर्वाचित अध्यक्ष भुजेलले पनि संस्थाको उद्देश्यअनुसार धरानको सामाजिक क्षेत्रमा क्रियाशील हुने बताउँदै यसका लागि वार्षिक कार्ययोजना बनाइने जनाए ।
संस्थाका संरक्षक श्रेष्ठ र पूर्व सदस्य राजु राईको उपस्थितिमा सम्पन्न साधारणसभामा उपाध्यक्ष विद्या शाक्यले स्वागत मन्तव्य राखेकी थिइन् भने कोषाध्यक्ष रमेश राईले संस्थाको आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

1727011657300

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved