समाचार

    Showing 2,691-2,700 of 8,425 items.
  • कोशी प्रदेश सरकारको मुद्धा तेस्रो पटक पनि हेर्न नभ्याउनेमा

    सुनसरी । कोशी प्रदेश सरकार गठन गर्न सभामुखले समर्थनमा हस्ताक्षर गरे पछि सर्वोच्चमा परेको मुद्धा तेस्रो पटक पनि हेर्न नभ्याउनेमा परेको छ । मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा उक्त मुद्दाको पेशी १४ औं क्रममा थियो । उनले आज बन्दी प्रत्येक्षीकरण बाहेकका सबै रिट हेर्न नभ्याइनेमा राखेका छन् । गत शुक्रबार एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले वारेसमार्फत प्रदेश प्रमुख पर्शुराम खापुङ, नवनियुक्त मुख्यमन्त्री उद्वव थापा र सभामुख बाबुराम गौतमविरूद्ध मुद्दा दायर गरेका थिए । रिटमा एमालेले प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ ।

    • प्रकाशित मितिः असार २६, २०८०
    • 622 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कोरा साइक्लिङ च्यालेन्ज हुने

    धरान । धरानका विभिन्न सामाजिक कार्यको सहयोगार्थ धरानमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ । कोरा धरान २०२३ कमिटीको आयोजनामा धरान आसपासका क्षेत्रहरुमा ३८ किलोमिटर साइक्लिङ हुने आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । विगत ६ वर्ष देखि कोरा साइक्लिङ च्यालेन्ज गर्दै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको कोरा धरानले यस वर्षको मुल नारा ज्येष्ठ नागरिकका लागि साईकल यात्रा रहेको छ । जुलाई १५ शनिबार मनाइने साइकल डे को अवसरमा धरानमा हुने कोरा साइक्लिङ च्यालेन्जमा बिराटचौंक, सुन्दर हरैचा, इटहरी, तरहरा, विराटनगर, काठमाण्डौं लगायतबाट करिब २ सय जना साइक्लिस्टहरुको उपस्थिती रहने कार्यक्रम संयोजक विनयलाल श

    • प्रकाशित मितिः असार २६, २०८०
    • 762 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर कोइरालाद्वारा सामुदायिक विद्यालयको अनुगमन

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरस्थित विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गर्नुभएको छ । आज मेयर कोइरालाले विराटनगर–८ स्थित महेन्द्र मा.वि. र विराटनगर–९ स्थित सरस्वती मा.वि.को अनुगमन गर्नुभयो । शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईसहितको टिमलाई लिएर विद्यालय पुग्नु भएका मेयर कोइरालाले विद्यार्थीहरुसँग अन्तरक्रियासमेत गर्नुभएको थियो । उहाँले विद्यालयको भौतिक संरचनाको अवस्था, शैक्षिक गुणस्तर, विद्यार्थीको नियमितता, शिक्षकहरुको लगनशीलता, गृहकार्यको अवस्था लगायतका विषयमा जानकारी लिनु भएको थियो । विद्यालयस्तर देखि नै शैक्षिक गुणस्तर सुधार गर्न सकिए म

    • प्रकाशित मितिः असार २६, २०८०
    • 594 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध सहित ७ जना पक्राउ

    सुनसरी / झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रहरीले लागुऔषध ब्राउनसुगर सहित ७ जनालाई पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१३ का २५ बर्षीय तुलसी राजवंशीलाई ८५० मिलीग्राम लागूऔष ब्राउनसुगर सहित फूलवारी टोलबाट पक्राउ गरेको हो । यसैगरी प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१ का २० बर्षीय बिशाल दमाईलाई २ ग्राम ५०० मिलीग्राम ब्राउनसुगर सहित चारआली चोकबाट पक्राउ गरेको हो भने सोही स्थानबाट स्थानीय २१ बर्षीय गणेश राजवंशी र अर्जुनधाराका २७ बर्ष

    • प्रकाशित मितिः असार २६, २०८०
    • 608 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खेलाडीलाई सहयोग गर्न अक्षय कोष स्थापना

    धरान । खेलाडीलाई सहयोग गर्नका लागि पूर्व खेलाडीहरुले व्यक्तिगत रुपम अक्षयकोष स्थापना गरिदिएका छन् । धरानका पूर्व खेलाडी केन्द्र लिम्बु र धरान फुटबल क्लबका कोच समेत रहेका सागर घिमिरेले संयुक्त रुपमा १ लाख ५० लाखको स्थापना गरिदिएका हुन् । अक्षय कोषमा केन्द्र लिम्बुले १ लाख र सागर घिमिरेले ५० हजार जम्मा गरेका हुन् । विशेष गरेर फुटबल खेलाडी खेल्ने क्रममा घाइते भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले सहयोग पु¥याउन अक्षय कोष स्थापना गरिएको अक्षयकोषका परिकल्पनाकार सागर घिमिरेले बताए । धरान १० फुड गार्डेन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष, को

    • प्रकाशित मितिः असार २६, २०८०
    • 714 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगरपालिकाको नगरसभा सम्पन्न

    विजयपुर / सोमबार धरान १० स्थिति सैनिक भवनमा भएको नगरसभाले बजेट पास गरेको छ । आर्थिक बर्ष २०८० र २०८१ निति तथा कार्यक्रम ,आर्थिक विधेयक, विनियोजन विधेयक बिषयमा छलफल गरि नगरसभा सदस्यहरुले पास गरेका छन । शिक्षा ,स्वास्थ उक्त कार्यक्रममा सुने समयमा विभिन्न वडाका सदस्यहरुले समस्या राख्नुको साथै आगामि बर्षमा शिक्षा र स्वास्थ मध्येनजर गरि बजेटमा समावेश गर्ने अनुरोध गरेका छन । आर्थिक विकास माहाशाखाले आर्थिक वर्ष ०८० र ०८१ मा कृषि ,सहकारी, उघोग, पशुसेवा,पर्यटन ,धार्मिक संघ संस्था परिचालन कार्यक्रम र पुर्वधार विकासको आयोजनामा धरान बसपार्क निर्माण ,विभिन्न पार्कहरु, वडा कार्यलय भवन निमर्ण, सदनरोड सडक न

    • प्रकाशित मितिः असार २६, २०८०
    • 692 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ह्विलचियर र औषधि वितरण

    धरान । धरान–१४ का सुरेन्द्र घिमिरेले स्वर्गीय बुवा कमलापति घिमिरेको नाममा बि.पि. प्रतिष्ठानका क्यान्सरका बिरामीहरुका लागि ५० हजार रुपैया बराबरको २ वटा ह्वील चियर र औषधि सहयोग गरेका छन । सोमबार बी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ओन्कोलोजी बिभाग क्यान्सर रोग बिशेषज्ञ डा.सोनिया दुलाललाई उक्त सामग्री हस्ताम्तरण गरेका हुन् । घिमिरेका बुवा कमलापतिको गत ज्येष्ठ २४ गते ७२ बर्षको उमेरमा प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । घिमिरेका पिता समेत क्यान्सर रोगबाट मृत्युवरण गरेका थिए । पिताको उपचारका क्रममो व्हील चियरको अभाव र अन्य बिरामीका आफन्तले औषधि किन्न नसक्ने अवस्था समेत रह

    • प्रकाशित मितिः असार २६, २०८०
    • 635 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउनसुगर सहित ५ जना पक्राउ

    झापा । झापाको दमक नगरपालिका-१ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार लागुऔषध ब्राउनसुगर बिक्री वितरण भईरहेको छ भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लुकाईछिपाई राखेको अवस्थामा ५ ग्राम ब्राउन सुगर फेला पारेको थियो । पक्राउ पर्नेमा २० बर्षीय शैलेश कुमार मगर, २३ बर्षीय एनोस राई, दमक २ का २८ बर्षीय मदन बहादुर मगर, २५ बर्षीय हेम श्रेष्ठ र दमक ६ का २० बर्षीय अन्जान मगरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः असार २५, २०८०
    • 689 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सार्वजनिक यातायातका सवारी चालक पनि लागुऔषध पोजिटिभ

    धरान । कोशी प्रदेशमा ५० जना चालकहरुमा लागुऔषध सेवन चेकजाँच गर्दा १८ जना पोजिटिभ देखिएका छन् । प्रदेशका विभिन्न जिल्लाका ५० स्थानमा गरिएको चेकजाँचका क्रममा कोशी प्रदेशमा १८ जनाले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको भेटिएको छ । ट्राफिक सप्ताह अन्तर्गत आइतबार कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा प्रदेश भरीनै अभियान संचालन गरेको छ । अभियान अन्तर्गत बस, टेम्पो र सफारीका चालकको कीट मार्फत जाँच गरिएको थियो । किटको ब्यवस्थापन धरान उपमहानगरपालिकाले गरिदिएको थियो । सवारी दुर्घटना न्युनीकरणको लागि लापसे जाँच गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरान

    • प्रकाशित मितिः असार २५, २०८०
    • 837 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको नीति तथा कार्यक्रम र बजेट कार्यपालिकाबाट अनुमोदन

    धरान । तेस्रो पटक सम्म बिबादित बनेको धरान उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बिनियोजन बिधेयक कार्यपालिका बैठकले अनुमोदन गरेको छ । गत असार १० गते उदघाटन गरि स्थगित भएको नगरसभा आज २ बजे देखि बस्दैछ । नगरसभामा पेश हुने नीति तथा कार्यक्रम र बिनियोजन बिधेयक कार्यपालिकाले अनुमोदन गरेको छ । अघिल्लो नगरसभामा नीति तथा कार्यक्रमलाई संशोधन सहित पेश गर्न नगरसभा सदस्यहरुले माग गरेका थिए । संशोधन सहित कार्यपालिकामा पेश भएको नीति तथा कार्यक्रम र बिनियोजन बिधेयक अनुमोदन गरेको छ ।

    • प्रकाशित मितिः असार २५, २०८०
    • 616 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved