समाचार

    Showing 2,671-2,680 of 8,425 items.
  • ट्रक सप्तकोसी नदीमा खस्यो

    मोरङ/ सप्तकोसीको पुलमा बस र ट्रक एक आपसमा ठोएिको छ । ठोकिँदा ट्रक भने नदीमा खसेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एक आपसमा ठोकिएको थियो । ट्रक भने नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्रक कोसी ब्यारेजको ९ र १० ढोकाबाट सप्तकोसी नदीमा खसेको जिल्ला कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए । उनले भने–‘ बिहान करिब ७: ४५ को समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रक एक आपसमा ठोकिँएको थियो । दुर्घटनामा कुनै पनि खालको मा

    • प्रकाशित मितिः असार २९, २०८०
    • 519 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भानु जयन्ती: भानुको शालिकमा माल्यार्पण

    धरान / आदिकबी भानुभक्त आचार्यको जन्म जयन्तीमा धरानको भानुचौकमा रहेको भानुभक्तको शालिकमा माल्यर्पण गरिएको छ । नेपाली लेखक सङ्घले २१० औ भानु जयन्तीको अवसरमा धरानका लेखक, कवि साहित्यकारहरूले भानुभक्तको शालिकमा माल्यार्पण गर्दै मनाएका हुन् । कार्यक्रममा धरान उपमहानगरपालिका उपमेयर आइन्द्रविक्रम बेघाको पनि उपस्थिति रहेको थियो । उनले भानु जयन्तीका अवसरमा सबैलाई शुभकामना दिएका छन् । भानुचौकमा भएको कार्यक्रममा समालोचक प्राडा खेमनाथ दाहालले भानु भक्तिमय रामायणको सुन्दर काण्डका केही श्लोकहरू पाठ गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य प्राडा.गोपालप्रसाद भण्डारी, मोती संस्मरण समितिका अध्य

    • प्रकाशित मितिः असार २९, २०८०
    • 626 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मापदण्ड विपरीत माछा पसल सञ्चालन

    धनकुटा/ माछाको मासुलाई अन्य मासु भन्दा स्वस्थकर मानिन्छ । विरामीलाई समेत रातो तथा बोसो भएको मासु नखान र माछा प्रसस्त खान सुझाव दिन्छन् तर व्यवस्थित र मापदण्डविपरीत सञ्चालन भएका माछाले त्यसको ठीक विपरीत अस्वस्थ बनाइरहेको छ । धनकुटामा पनि यस्ता मापदण्ड विपरीत माछा पसलहरु सञ्चालन गरेको पाइएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ धनकुटाले गरेको अनुगमनका क्रममा हिलेमा सञ्चालन भएका माछा पसल मापदण्ड विपरीत र अस्वस्थ रहेको पाइएको छ । धनकुटा जिल्लामा संञ्चालित एक दर्जन माछा पसलमा अनगुगमन गर्दा अधिकांश खुल्ला स्थानमै सञ्चालन गरेको पाइएको छ भने डिफ्रिज समेत नराखेको पाइएको भेटेनर अस्पताल तथा पशु

    • प्रकाशित मितिः असार २९, २०८०
    • 640 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा सवारी दुर्घटनामा परि दुइजनाको मृत्यु

    सुनसरी/ झापाको दुई स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्ग कमल खोला र मेचीनगरमा भएको सवारी दुर्घटनामा परि दुइजनाको मृत्यु भएको हो । बिहिबार कमलखोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे७प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको छ । मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ का ५७ वर्षीय जीवन सुवेदी घाइते भएका छन् । प्रहरीले अटोचालक झापा गाउँपालिका–२ का ३० वर्षीय श्यामसुन्दर महतोलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी मेचीनगर&nda

    • प्रकाशित मितिः असार २९, २०८०
    • 477 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘गुणस्तरिय शिक्षाको आकर्षण बन्दै मेघा हिमालयन कलेज’

    धरान । प्राज्ञिक व्यक्तिहरुद्वारा धरानमा वि.सं. २०६६ सालमा स्थापना भएको धरान मेघा हिमालयन कलेज गुणस्तरिय शिक्षा सँगै विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा बढी भन्दा बढी सहभागि गराउने विद्यालयको रुपमा परिचित छ ।   स्थापनादेखि नै आफूलाई उत्कृष्ट रुपमा प्रस्तुत गर्दै आएको कलेजले आधुनिक शिक्षण सिकाइ प्रणालीमा प्रयोगात्मकता र व्यवहारिकता भित्र्याइ प्रभावकारी शिक्षण गर्दै आएको छ । अतिरिक्त क्रियाकलापमा समेत नयाँ शैलीको प्रयोग गर्नु मेघा कलेजको विशेषता हो । शैक्षिक गुणस्तरको दृष्टिले वर्तमान समय तीव्र प्रतिस्पर्धाको समय हो । यो आधुनिक शिक्षण प्रणाली र ज्ञानको तीव्र प्रतिस्पर्धामा आफूलाई अद

    • प्रकाशित मितिः असार २८, २०८०
    • 1,564 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई महानगरको सम्मान

    विराटनगर / विराटनगर महानगरपालिकाले २०७९ सालको एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । बिहीबार महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेका हुन् । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई महानगरका मेयर कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समिति संयोजक काजीबहादुर बस्नेत, जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले अविर र खादा लगाएर सम्मानपत्र प्रदान गरेका हुन् । ४ जीपीए ल्याउने तीनैजना विराटनगर–११ स्थित विकेभिएम स्कुलका विद्यार्थी हुन् । कोशी प्रदे

    • प्रकाशित मितिः असार २८, २०८०
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगर सहित ४ जना पक्राउ

    बिराटनगर / झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार प्रकाउ परेको छन । बुधबार झापाको दमक नगरपालिका –९ स्थित ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचिनगर नगरपालिका वडा नम्बर  – ७ की ४२ बर्षीया रुपा प्रधान ८ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिईएको हो । यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैंचा नगरपालिका वडा नम्बर – १० का २६ बर्षीय सुमन कोइराला,बेलबारी नगरपालिका वडा नम्बर – ३ की बर्ष २५ की ज्योति तामाङलाई १ ग्राम ७० मिलिग्रा

    • प्रकाशित मितिः असार २८, २०८०
    • 597 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • करेन्ट लागेर एकको मृत्यु

    उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर –४ स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो त्रियुगा नगरपालिकाको सडक लाईन बत्तीमा कार्यरत ४० बर्षीय युबराज राईको बिजुलीको पोलमा चढी मर्मत गर्ने क्रमा अचानक करेन्ट लागि उनि घाईते भएका थिए । तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा उनको मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

    • प्रकाशित मितिः असार २८, २०८०
    • 503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रा.डा.अरुण सायमीको सेवा अब केएमसीमा

    काठमाडौं / बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले अब काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचारको सेवा दिने भएका छन् । चार दशक अघिदेखि मुटुरोगीहरुको उपचारमा निरन्तर सक्रिय भएर लागिपरेका नेपालका प्रसिद्ध डा.सायमी केएमसीमा आवद्ध भएका छन । प्रा.डा.सायमी केएमसीमा आवद्ध भएकाले उनले साउन १ गतेदेखि उपचारको सेवा सुरु गर्ने केएमसीका अध्यक्ष सोइना शर्माले बताएका छन । उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई भित्र्याएर मुटुरोग विभागलाई थप मजबुत बनाउँन लागेको बताए । शहीद गंगालाल ह्दय केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी

    • प्रकाशित मितिः असार २८, २०८०
    • 584 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढी र पहिरोले मेची राजमार्ग र तमोर करिडोर पुनः अवरुद्ध

    सुनसरी/  आज बिहानै देखि परेको अबिरल झरीको कारण आएको बाढी र पहिरोले मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको छ । सडक विभागको आज बिहान ९ बजेको अध्यावधिक विवरणअनुसार मेचि राजमार्ग अन्तर्गत केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम र गणेशचोक-ताप्लेजुङ्ग-ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छ । पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको हो । यसैगरी तमोर करिडोर अन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक सडकखण्ड पनि अवरुद्ध । यो सडकखण्डमा पर्ने पाँचथरको माझीटार र हेवा खोलामा सडकमा भएको क्षतिका कारण यातायात पूर्णरुपमा ठप्प भएको हो ।

    • प्रकाशित मितिः असार २८, २०८०
    • 564 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved