चतरा/ पुर्वबाट पश्चिम तर्फ गइरहेको कार बराहक्षेत्र नगरपालिका वडा नम्बर १ को खारखोला छेउमा दुर्घटना भएको छ ।
बागमती प्रदेश ०१र०२७ च ६०६९ नम्बरको सेतो कार चिप्लिएर बाटोबाट तल झरेको हो ।
कारमा सवार एकै परिवारका ४ जना घाइते मध्य एक जनाको अवस्था चिन्ताजनक देखिएको छ ।
घाइते चारै जनालाई उपचारको लागि वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको स्रोतले बताएको छ ।