समाचार

    Showing 2,421-2,430 of 10,005 items.
  • मुख्यमन्त्री कार्कीको घर अगाडी शंकास्पद वस्तु

    धरान .कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको घर अगाडी शंकास्पद वस्तु भेटिएको छ । झापास्थित घर अगाडि शङ्कास्पद बस्तु फेला परेको जनाइएको छ भने उक्त वस्तुको बारे वुुझ्न नेपाली सेनाको टोली घट्ना स्थल पुगेको छ । कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडि सिरिसको रुखमुनी फेला परेको हो । उक्त कागजमा दुर्गा माताकी जय लेखिएको छ । हाल उक्त वस्तुलाई डिस्पोज गर्न झापाको चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ लागिसकेको बताइएको छ । उक्त वस्तु कसले किन राख्यो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । मुख्यमन्त्री कार्की आज बिहान विराटनगर

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा महिलाको शव ,आखिर कस्को शव हो ?

    धरान/ बराहक्षेत्रको कोशी किनारामा एक महिलाको शव फेला परेपनि उनको पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार शुक्रबार दिउँसो करिब ३ बजेको समयमा बराहक्षेत्र नगरपालिका ९ धरहरा टप्पनस्थित कोशी नदीको किनारमा तत्काल नाम, थर, वतन नखुलेको महिलाको शव फेला परेको हो । मंगोलियनजस्तो देखिने ती मलिाको उमेर अन्दाजी ५५ वर्ष रहेको प्रहरीको अनुमान छ । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । शव सडेगलेको भएकाले पहिचान गर्न समस्या भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • 513 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर–सीमा अपराध रोक्न सक्रिय सशस्त्र

    झापा । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका लागि सशस्त्रले नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्न थालेको हो । मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीबाट दक्षिणको गौरीगञ्जसम्म भारतसँग जोडिएको एक सय ४४ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका चारवटा सीमा सुरक्षा गुल्म र १७ वटा बोर्डर आउट पोस्ट (बिओपी)हरु तैनाथ रहेका सशस्त्र प्रहरी बल २ नं गण चन्द्रगढीका सूचना अधिकारी मदन रसाइलीले जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रका बासिन्दासँग सहकार्य गर्दै अ

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • 498 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज गोरखकाली पूजा

    ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तुते॥ विजयी (जयन्ती), शुभ (मंगला) काली _उग्र) भद्रकाली (कपालिनी) र कपाल धारण गर्ने देवीलाई नमस्कार छ। उनी दुर्गा (अपराजेय), शिव (शुभ), क्षमा (क्षमाको अवतार) धात्री (समर्थक), र पवित्र उपहार (स्वाह र स्वाधा) हुन्। यो श्लोक प्रायः सुरक्षा, सफलता, र आध्यात्मिक शक्तिको लागि देवीको आशीर्वादको लागि मन्त्रोच्चारण गरिन्छ ।बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • 590 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काठमाण्डौमा एमालेको र्‍याली सुरू

    काठमाडौँ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज दरबारमार्गमा हुने जागरणसभाका लागि र्‍याली सुरू भएको छ । जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभामा काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।  देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।  एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खाडी मुुलुकदेखि अमेरिका र बेलायतसम्म पुग्छ उनीहरूले बनाएको सुकुटी

    मोरङ/ बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन्। राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो। विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गरेको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ। ६ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आएका छन्। सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उनले बताए। रोजगारीको सिलसिलामा ८ वर्ष मलेसिया बसेर पाँच वर्षअघि आएका दिल

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 467 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाबाट ११ करोडको चिया भारत निर्यात

    झापा/ नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । ‘गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं’, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने ।इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 397 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किमाथाङ्का भन्सार कार्यालय कर्मचारी विहीन

    किमाथाङ्का/ सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन् । नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् । भन्सार कार्यालयमा कर्मचारीविहीन हुँदा भोट खोलावासीले सास्ती पाएका छन् । किमाथाङ्का भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एक जना कार्यालय सहयोगीको भरमा छाडिएको छ । भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा छ । उत्तरी क्षेत्र किमाथाङ्कामा विसं २०३५ मा भन्सार कार्यालय स्थापना भएको थियो । द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा रहेक

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 362 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अलैंचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित,प्रति मन एक लाख सात हजार

    ताप्लेजुङ/ कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम) को रु एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ । ठूलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैँची प्रतिमन रु एक लाख सात हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैँची प्रतिमन रु एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ । साम

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 663 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा प्रहरीलाई नयाँ भवन

    सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिकाका–१ स्थितमा रहेको प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवनको समुद्घाटन भएको छ । मंसिर ५ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा बराहक्षेत्र नगरपालिकाका उप–प्रमुख नन्द कुमारी सुनुवारको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको शिलालेख अनावरण गरी भवनको बिधिवत रुपमा समुद्घाटन गरेका हुन् । नव निर्मित भवनको समुद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले धरतीको पहिलो तिर्थ स्थल बराहक्षेत्रमा प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवन निर्माण सम्पन्न भ

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 342 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved