विराटनगर/ गठबन्धनको सिमा र परिस्थितिको अप्ठ्यारोको कारण सोचेजति काम हुन नसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । एक वर्षमा आफूले सोचे अनुसार रिजल्ट दिन नसकेपनि सरकार असफल भने नभएको उनले जिकिर गरे । विराटनगर विमानस्थलमा विहिबार सञ्चारकर्मीसँग कुरा गर्दैे उनले भने, ‘मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दाबी छैन । गठबन्धनको सरकार हो । धेरै सिमा र अप्ठ्यारो हुन्छन्, सबैलाई मिलाएर लाने जिम्मेवारी हो । तर, सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकार सफल छ ।’ मिडियाले पुरै विषय नबुझी लेखिदिएर नागरिकमा पनि कतिपय भ्रम सिर्जना भए
विराटनगर/ विराटनगरका उद्योगी व्यवसायीले बीमासंग सम्वन्धीत समस्या समाधानका लागि बीमा प्राधिकरणको सक्रियताका लागि आग्रह गरेका छन । उद्योग संगठन मोरङ र नेपाल बीमा प्रँधिकरणको संयूक्त आयोजनामा बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष एवं प्रतिनिधिहरु समक्ष समस्या समस्या समाधानका लागि सक्रिय बढाउन आग्रह गरेको हो । बीमा सम्वन्धी छलफल तथा अन्तरक्रियामा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्र बिषम परिस्थितीबाट गुज्रीरहेका वर्तमान समयमा विभिन्न बीमाको प्रिमीयम शुल्कमा भईरहेको वृद्धिले उपभोक्ता थपमारमा परेको भन्दै प्रिमीयम शुल्कलाई उपभोक्ता मैत्री वनाउन प्राधिकर
विराटनगर/ विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्या तत्कालै समाधान खोज्ने गरेको छ । बहुवर्षीय योजना अन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्बन्धित वडाका अध्यक्ष मधुबाबु तिवारी, वडाध्यक्ष कुमार पोखरेल, इन्जिनियर अर्जुन थापा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया साथैमा लिएर अनुगमनमा पुगेका मेयर कोइरालाले निर्माणको पछिल्लो
विराटनगर/ उद्योगी राजेन्द्र राउतले सुविधा सम्पन्न अस्पताल बनाउने भएका छन् । देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ति तथा गुणस्तर बिचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिताले महत्त्वपूर्ण भूमिका निर्वाह हुने भएकोले अस्पताल सञ्चालनको तयारी गरिएको राउतले बताए । स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मोरङ जिल्लाको वुढिगंगा गाउँपालिका वडा नंं १ मा सुरुमा २ सय शैया क्षमताको अस्पताल निर्माण गर्न लागिएको छ । हाल यसलाई १०० शैयाको मल्टी स्पेसल हस्पिटल सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए । नेपाल सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पुरा गरी
इलाम/ असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो (हाउजी) खेलको गोलमाल भएको हिसाब गुपचुप बनेको छ । इलाम नगर प्रतिष्ठानको आयोजनामा ४१ दिन सञ्चालन भएको खेलको गोलमाल भएको हिसाब गुपचुप बनेको हो । खेल सम्पन्न भए पश्चात् सार्वजनिक भएको हिसाबको पारदर्शिता गर्ने भन्दै दोस्रो पटक पत्रकार सम्मेलन गरे पनि हिसाब देखाउन नसकेको समितिले अहिले हिसाब गुपचुप बनाउन थालेको हो । दोस्रो पटक गरिएको पत्रकार सम्मेलनमा दैनिक हिसाब देखाउन नसके पछि पुनः हिसाब सार्वजनिक गर्ने भनेको आयोजक अहिले चुपचाप छ । आयोजकले नै दैनिक हिसाब तत्काल सार्वजनिक गर्ने भने पनि दुई हप्ता सम्म पनि हिसाब नदेखाउनु गुपचुप बनाउन खोजेक
विराटनगर/ तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि खाली भएको कोशी प्रदेशसभाको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बरबहादुर विष्ट बन्ने करिब निश्चित भएको छ । सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेकोमा राप्रपाले विष्टलाई अगाडि सारेको हो । यद्यपी त्यसको औपचारिक निर्णय गर्न भने बाँकी रहेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनयता कोशी प्रदेश सभामुखविहीन छ । रिक्त रहेको सभामुखको निर्वाचन अगाडि बढाउने तयारीमा दलहरु छन् । यद्यपी निर्वाचनको मिति तय भइसकेको छैन । बुधबारको कार
विराटनगर/ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गठन गरेको विभिन्न समितिका सभापतिहरुले आफ्नो समितिका सदस्यहरु मनोनयन गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले समितिका सदस्यहरुलाई पत्र हस्तान्तरण गरेका छन् । अध्यक्षले आ–आफ्नो समिति मार्फत महासंघको गतिविधिहरुलाई सकृय बनाउने आर्थिक विकासमा टेवा पुर्याउने खालका कार्यक्रमहरु हुने अपेक्षा राखेको बताए । समितीमा शिक्षा तथा सुचना समितिको सभापति रबिन कुमार दाहाल रहेका छन् भने उपसभापतिमा बिबेक मिश्रा, सदस्यहरुमा तरुण संचेती, बन्धु पोखरेल, प्रकाश उप्रेती रहेका छन् । त्यसै गरि कर तथा राजश्व समितिको सभापतिमा देवकीन
विराटनगर/ विराटनगर स्थित विराट नर्सिङ होमपूर्व शंकरपुर मार्गमा हुन गईरहेको मोरङ व्यपार संघ एक्स्पो २०८० को सम्पुर्ण स्टलहरु बिक्री भएको आयोजकले जनाएको छ । एक्स्पोको लागि यसअघि तय भएको २ सय ५० वटै स्टलहरु बिक्री भएपछि २५ स्टल थप भएको आयोजक मोरङ व्यपार संघका अध्यक्ष नविन रिजालले बताए । एक्स्पोका लागि बनाईएका स्टलहरु नेपाल, भारत, पाकितान र बंगलादेशका उद्योगी तथा व्यपारीहरुले खरिद गरेका छन् । प्रत्येक वर्ष विराटनगरमा लाग्ने मोरङ व्यपार संघ एक्स्पो यस पटक पुस ६ गते देखि सुरु भएर १६ गते समापन हुनेछ । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । मोरङ व्यपार संघ एक्स्पोलाई अझै
विराटनगर/ नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत भएका छन् । बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली र पोर्तेललाई पुरस्कृत गरेको हो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगद सहित नेपालीलाई भद्रमान घले स्मृति सम्मान पुरस्कार र पोर्तेललाई नवराज शंकर स्मृति युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । पुरस्कार नेकपा एमालेका महासचिव शंकर पोखरेल, मुक्ति समाज केन्द्रीय कमिटी अध्यक्ष मनोहर विश्वकर्मा पौडेल कोशी प्रदेश अध्यक्ष उमेश विश्वकर्मा, नेकपा एमाले स्थायी कमिटी सदस्य गु
विराटनगर/ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पहिचानको नाममा एमाले केन्द्रित विरोधलाई जनताको तहमा अस्वीकार गरिएको दावी गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले धनकुटामा अध्यक्ष ओलीमाथि भएको गलत प्रयास भए पनि मिडियाले सही सूचना सम्प्रेषण नगरेको गुनासो गरे । एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै उनले एकल पहिचानको मुद्दा लिएर चुनावमा जानेहरू नै कोशीको पक्षमा आएको बताए । त्यसकारण पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको उनको भनाइ छ । ‘नामको विषयमा असहमति राख्नेहरूले भोट नहालेको भए भइजान्थ्यो नि, अहिले यो वितण्डा मच्चाउन आवश्यक नै थिएन नि’, उनले भने,