प्रकृतिको निधनः दोषीलाई कारबाहीको माग

  • फागुन ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ भारतको ओडिसा राज्यस्थित कलिङ्गा इस्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्व विद्यालयको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको फागुन ४ गते भएको निधनप्रति नेपाली विद्यार्थीहरुले दुःख व्यक्त गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै नेपाली विद्यार्थीहरुमाथि गरेको दुव्र्यवहारको घोर भत्र्सना गरेका छन् ।

फागुन ४ गते भारतको ओडिसास्थित कलिङ्गा इन्स्च्यिुट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अप्रत्याशित घट्ना घट्यो । हेटौडा निवासी नेपाली चेली लम्सालको शंकास्पद मृत्युले सबैलाई भावविह्लमात्र बनाएन लम्सालको मृत्यु प्रति शंका उत्पन्न गराएको छ ।

नेपाली चेलीको शंकास्पद मृत्युप्रति खेद प्रकट गर्दै धरान ८ मा रहेको पूर्वाञ्चल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले द्विपप्रज्वलनसहित स्व. लम्सालप्रति श्रद्धाञ्जली र परिवारप्रति धैर्यधारण गर्नै शक्ति प्रदान होस् भन्दै दिप प्रज्वलनसँगै एक मिनेट मौनधारण गरेका थिए ।

रहस्यमय घट्नाको छानविन गरी दोषीलाई कारबाही गर्दै सुरक्षित पठनपाठनको ग्यारेन्टी गर्न नेपाल सरकारमार्फत भारत सरकारलाई दबाब दिएका छन् ।

उनीहरुले लम्सालमाथि अगाडिदेखि नै दुव्र्यहार हुने गरेको तथ्य र यस विषयमा कलेज प्रशासन तथा सम्बन्धित पक्षलाई जानकारी गराउँदा समेत कलेज प्रशासनले गम्भीरतापूर्वक नलिदा यो घट्ना घटेकोले लम्सालको मृत्यु रहेको बताउदै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।
नेपाली विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जानुपर्ने बाध्यतात्मक परिस्थितिको अन्त्य गर्दै भौतिक पूर्वाधारदेखि गुणात्मक शैक्षिक प्रणाली र अध्ययनपश्चात स्वरोजगारको ग्यारेन्टी नेपाल सरकारले गर्नुपर्ने माग विद्यार्थीहरुको छ ।

पूर्वाञ्चल इन्जिनियरिङ कलेजको इलेक्ट्रिकल तेस्रो बर्षमा अध्यनरत रोशनकुमार शर्माले विगतमा तँछाडमछाड गरेर अध्ययनका लागि आउने विद्यार्थीहरु कोटा नपुगेर पढ्न नपाउने भएपनि अहिले चाहिएको कोटाजति कलेजमा पु¥याउन धौ धौ हुने गरेको बताए ।

यस्ता समस्याको समाधान गरेर नेपालमै अध्ययन गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकारलाई माग समेत गरे ।

लम्सालको निधनको समाचार सार्वजनिक भएपछि उक्त विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले आन्दोलन गरेका थिए ।

उक्त विश्व विद्यालयमा एक हजार पाँच सय नेपाली विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

मृतक लम्सालको निधनपछि न्याय माग्न गएका विद्यार्थीहरुलाई दुव्र्यवहार गर्ने उक्त विश्व विद्यालयका छात्राबासका कार्मचारी र सुरक्षागार्डहरुलाई समेत कारबाहीको माग समेत विद्यार्थीहरुले गरेका छन् ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved