राष्ट्रपति पौडेलद्वारा धरानमा धर्मशाला र ध्यान साधनालय उद्घाटन

  • फागुन ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान ८ स्थित राधाकृष्ण प्रणामी मन्दिरले निर्माण सम्पन्न गरेको धर्मशाला र गोपी स्मारक ध्यान साधनालयको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको छ।

उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले मानव सेवा नै धर्म भएको उल्लेख गर्दै, यो परियोजना धर्मशास्त्रका सिद्धान्तहरूसँग मेल खाने खालको रहेको बताए।

उहाँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामी तथा तिनका आफन्तलाई लक्षित गर्दै निर्माण गरिएको धर्मशाला प्रशंसनीय रहेको बताए। साथै, अध्यात्मले समाजमा शान्ति र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आर्थिक रूपमा कमजोर तथा असहाय नागरिकहरूलाई सेवा पुर्‍याउने उद्देश्यले बनेको धर्मशाला अत्यन्तै उपयोगी हुने बताउँदै प्रदेश सरकार आगामी आर्थिक वर्षमा यस भवनलाई थप विस्तार गर्न बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए।

भारत गुजरातका कृष्णाप्रणामी धर्माचार्य श्री जगतगुरुले नेपाल प्राकृतिक रूपमा सुन्दर मात्र नभई धार्मिक र सामाजिक सद्भावको भूमि भएको उल्लेख गर्दै राष्ट्र विकासका लागि सेवाभाव आवश्यक रहेको बताए।

मन्दिर व्यवस्थापन समितिका अनुसार, स्वर्ण महोत्सवको अवसर पारेर १६ कोठे धर्मशाला र गोपी स्मारक ध्यान साधनालय निर्माण सम्पन्न भएको हो।

यही फागुन ९ देखि ११ गतेसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने जनाइएको छ।

समारोहमा १०८ जगत नन्दन शास्त्री, मन्दिरका संस्थापक अध्यक्ष तथा स्वर्ण महोत्सव संयोजक नेत्रप्रसाद आचार्य, सुरक्षा अधिकारीहरू, धार्मिक व्यक्तित्वहरू तथा स्थानीय गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 

 

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved