यु एन कलेजका विद्यार्थी लगातार तेस्रो पटक प्रदेश टप

  • फागुन ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१६ स्थित यु एन कलेजमा अध्ययनरत विद्यार्थीले यसपटकको नतिजामा पनि  काेशी प्रदेशमा  प्रथम, द्वितीय र तृतीय  भएका छन् ।
 
 त्रिभुवन विश्वविद्यालयले बिहीबार (हिजो) प्रकाशित गरेको होटल म्यानेजमेन्ट स्नातक दोस्रो सेमेस्टरको परीक्षामा यु एन कलेजका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्दै प्रदेश टप बन्न सफल भएका छन्। 
 
विद्यार्थी कुसुम राई (३.८६), रिश्ता तुम्बापो (३.७९) र युन्छो हाङ लिम्बु (३.७८) क्रमशः प्रदेश प्रथम, द्वितीय र तृतीय भएका हुन्।
 
एउटै कलेजबाट शीर्ष तीन स्थान हासिल गरेर यु एन कलेजले लगातार तेस्रो पटक ऐतिहासिक शैक्षिक रेकर्ड कायम गरेको छ। 
 
उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिने कलेजका होटल व्यवस्थापन संयोजक गगन मान श्रेष्ठले जानकारी दिए। 
 
कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोका अनुसार यु एन कलेजले शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्टता कायम राख्दै आएको छ।
गुणस्तरीय, व्यवहारिक र रोजगारमुखी शिक्षामा जोड दिँदै आएको कलेजका निर्देशक ज्ञानेश्वर झाले बताए।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved