इलाम/ इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको छ। मतगणनाका लागि यहाँ तारजाली लगाइएको छ। आइतबार मध्याह्न १२ बजेपछि मतगणना सुरू भएको हो। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा खसेको मतबाट गणना सुरू भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए। त्यसपछि चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मत गणना गर्ने तयारी छ। मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए। मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। मतगणना स्थलमा ११ वटा
इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको देखिएको जनाएको छ । यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अहिलेसम्म सबै केन्द्रबाट आएको विवरणमा ६० प्रतिशत मत खसेको बताए ‘प्रहरीको रिपोर्ट र मतदानस्थलका कर्मचारीले टिपाएको विवरणका आधारमा यो तथ्यांक आएको छ,’ उनले भने, ‘यो नै अहिलेसम्मको फाइनल तथ्यांक हो ।’ इलामका ७९ मत
काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा यातायात श्रमिकहरुका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले टि शर्ट लोकार्पण गरेकोछ । बैशाख १९ गते काठमाण्डौंस्थित रत्नपार्क शान्तिबाटिकाबाट प्रदर्शनीमार्गहुँदै भृकुटीमण्डपसम्म एक हजार पाँच सय यातायात श्रमिकहरु प्रदर्शनमा सहभागी गराउने तयारी सहित उपत्यकाको विभिन्न १२ स्थानमा कोणसभा समेत सम्पन्न गरिने संगठनले तयारी गरेकोछ । उपत्यकाको कलंकी, न्युरोड गेट, भक्तपुरको मध्येउपत्यका, कमलविनायक, काभ्रेको पनौति, धुलिखेल, शंखमुल, ललितपुरको लगनखेल, ललितपुरकै पुल्चोक, एयरपोर्ट, बुढानिलकण्ठ र नयाँ बानेश्वर स
इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान सुरु भएको छ । विहान ७ बजे सुरु भएको मतदानका लागि मतदान केन्द्रहरुमा स्थानीयहरुको बाक्लो उपस्थीति रहेको छ । उम्मेदवारले पनि बिहानै मत खसालेर आफ्नो निर्वाचन क्षेत्र दौडाहामा लाग्न थालेका छन् । यसैबीच नेकपा एमालेका उम्मेदवार सुुहाङ नेम्वाङ र काङ्ग्रेसका डम्बर खड्काले पनि महेन्द्ररत्न क्याम्पसको मतदान केन्द्र ‘ग’ बाट मत हालेका छन् । बिहान ७ बजेर २५ मिनेटमा मत हालेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयको &lsquo
ललितपुर / कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले भरौल खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक वजेट व्यवस्था गरिदिन संघिय खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग अनुरोध गरेकाछन् । शुक्रबार मन्त्री राईलाई भेटेर बराहक्षेत्र नगरपालिका वडा नम्बर ३, ४ र ५ मा सञ्चालित आयोजना आर्थिक अभावकै कारण प्रभावित भएकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वजेटमा समावेश गरिदिन प्रदेशसभा सदस्य राईले संघिय मन्त्री समक्ष अनुरोध गरेको हो । २१ करोड २९ लाख ९८ हजार ९ सय ८२ रुपैया १४ पैसा कुल अनुमाति लागत रहेको आयोजनाले २८ हजार ७ सय ७९ जनताको खानेपानी समस्यालाई समाधान गर्नेछ । खानेपानी मन्त्री राजेन्द्रकुमार रा
धरान/ परम्परागत पेशा गर्दै आएका धरानका विपन्न दलित समुदायका पेशाकर्मीलाई धरान उपमहानगरपालिकाले औजार वितरण गरेको छ । उपमहानगरपालिका परिषरमा विहिबार एक कार्यक्रमको आयोजना गरि औजार सामग्री वितरण गरेको हो । उपमहानगरको दलित लक्षित कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट औजार सामग्री वितरण गरिएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए । उनका अनुसार करिब १ लाख ७५ हजार रुपैया बराबरको सामग्री वितरण गरिएको छ । अघिल्लो वर्ष १० वटा वडाका १० जनालाई वितरण गरिएको थियो भने यस वर्ष बाँकी रहेका १० वटा वडाका १० जनालाई वितरण गरिएको छ । कार्यक्रम तिन जनालाई जुत्ता सिलाउने मेशिन, एक जनालाई खुकुरी टल्काउने
इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ को उपनिर्वाचन नजिकिएसँगै ‘इलेक्सन टुरिस्ट’ खचाखच भएका छन् । मतदाता नै नभएका व्यक्ति जिल्लाबाहिरबाट हुलका हुल आउन थालेपछि इलामका होटल भरिँदैछन् । निर्वाचन अभियानमा आउनेहरूका कारण अहिले जिल्लाको आर्थिक अवस्था ‘अत्यन्त’ चलायमान भएको छ । पर्यटनको मुख्य सिजनमै उपनिर्वाचन पनि हुने भएपछि इलाम आउनेको संख्या बढेको छ । अहिले उपनिर्वाचनका लागि दल र उम्मेदवार चुनावी घरदैलो, आमसभा, मतदातासँग भेटघाटमा व्यस्त छन् । धेरैजसो दलका शीर्ष नेता, कार्यकर्ता, सहयोगी, उम्मेदवारका अभियन्तालगायत इलाम बजार र गाउँ–गाउँ पुगिरहेका छन्
धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको मेलामा भक्तजनहरुको आगमन दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल लगायत भारतबाट समेत कुम्भ स्नान गर्न आउने गरेका छन् । त्यहाँ आउने सर्वसाधारणहरुले कुम्भ मेलाको शुरुवात गरेर हरिद्वार पुण्यभूमिको प्रचारमा बालसन्तले खेलेको भूमिको प्रशंसा गरेका छन् । त्यहाँ आएका भक्तजनहरुले ओझेलमा कुम्भ मेलाको आयोजनाले नेपालको हेतिहासिक धार्मिक क्षेत्रको उजागर गर्न सहयोग पुगेका बताएका छन् । उनीहरुले नेपालको ऐतिहासिक क्षेत्रको पहिचान उजगार गर्ने काम बालसन्तबाट भएकोले उहाँलाई त्यहाँ आउने भक्तजनहरुले धन्यवाद समेत दिएका छन् । उनीहरुले यसको निरन्तरतासँगै यो मेलाले हरिद्
सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहताको दैनिकी फर्सी खेत र फर्सी बिक्री वितरणमा बित्ने गरेको छ । केही दिन अघि हरेक दिन बिहान घर नजिककै फर्सी खेतमा सुरुवाती अवस्थामा मुण्टो टिप्ने मुठा बनाउनमै समय बिताउने गरेका मेहताले अहिले फलेको हरियो काटो र पाकेको फर्सी टिप्न र ओसार्न तथा बिक्री वितरणमा व्यस्त बनेका छन् । पहिले समयको सदुपयोगको लागि मात्रै घरमै तरकारी खेती सुरु गर्नुभएको राम मेहताले अहिले भने व्यावसायिक रूपमै फर्सी खेती सुरु गरेका हुन् । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहता सहितका सयौँ किसान कम लागत र धेरै आम्दानी हुने फर्सी खे
इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन मात्रै बाँकी छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदानमा खटिने कर्मचारीहरूलाई निर्वाचन सामग्रीहरू बुझाएको छ । कार्यालयले मङ्गलबार टाढा जाने कर्मचारीहरूलाई प्राथमिकता दिँदै कर्मचारीको सेवा सुविधासहित निर्वाचन सामग्री दिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई निर्वाचन सामग्रीसहित पठाउन थालिएको कार्यालयले जनाएको छ । कार्यालयले बुधबार बेलुकासम्ममा इलाम–२ का ७९ मतदान स्थलमा रहेका एक सय ४९ केन्द्रमा सबै कर्मचारी पुगी सक्ने जनाएको छ । मतदान अधिकृत र कर्मचारीले सियोदेखि मतपेटिकासम्मका ४० साम