समाचार

    Showing 1,541-1,550 of 10,004 items.
  • सुनसरीमा लागू औषधसहित एक युवक पक्राउ

    सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ राजापुरीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा लागू औषधसहित एक युवक पक्राउ परेका छन्। मध्यान्ह १५:५१ बजेको समयमा शंकास्पद रुपमा एक पुरुष व्यक्तिले बोरा बोकी हिँडिरहेको देखेपछि इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनलाई रोकी जाँच गर्दा ठूलो परिमाणमा लागू औषध फेला परेको हो। पक्राउ पर्ने व्यक्ति रामधुनी नगरपालिका–४ का २१ वर्षीय आशिष विक रहेको प्रहरीले जानकारी दिएको छ। शंका लागेपछि प्रहरीले बोरा फालेर भाग्ने प्रयास गरेका विकलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि गरिएको चेकजाँचमा तल उल्लेखित लागू औषध फेला परेको छ: &bul

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 1,759 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँगुरीगढीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धनकुटा/ साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित दुईदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविर जेष्ठ १३ गते साँगुरीगढी–२ बुढिमोरङ र जेष्ठ १४ गते साँगुरीगढी–९ स्थित आहाले स्वास्थ्य चौकीमा सम्पन्न भएको हो। शिविरको क्रममा बुढिमोरङमा ७२० जना र आहालेमा ६१६ जना बिरामीले सेवा लिएका थिए। नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नविन दाहाल र डिजिटल मार्केटिङ शाखाका सुमन राजवंशीका अनुसार शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क सेवा प्रदान गरिएको थियो। शिविरमा बालरोग, स्त्री तथा प्रसूति रोग, जेनेरल मेडिसिन, हाडजोर्नी तथा नश

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 651 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपद् व्यवस्थापनमा अग्रसर वराहक्षेत्र नगरपालिका, जोखिम न्यूनीकरणमा व्यापक तयारी

    वराहक्षेत्र/ बाढी, कटान, डुबान र महामारीजस्ता विभिन्न प्राकृतिक तथा मानवनिर्मित प्रकोपको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले नागरिकको सुरक्षा सुनिश्चित गर्न अग्रसरता देखाएको छ। सम्भावित विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका लागि नगरपालिकाले सक्रिय कदम चाल्दै व्यापक तयारी थालेको छ। लगातारको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव तीव्र भएसँगै वराहक्षेत्रको ठूलो भूभाग जोखिममा परे पनि नगरपालिकाले यस चुनौतीलाई व्यवस्थित रूपमा सम्बोधन गर्दै आएको छ। बाढी र कटानमात्र नभई, जङ्गली हात्तीको आतङ्क, आगलागी, महामारी र पशु रोगजस्ता विविध समस्या न्यूनीकरणका लागि पनि नगरस्तरमै समन्वयात्मक प्रयास सुरु

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका दिनेश गजमेर : अधिकारका एजेण्डामा अझै अवरोध

    धरान/  लामो समय पत्रकारितामा सक्रिय रहँदै आएका दिनेश गजमेर २०७९ सालको स्थानीय तहको निर्वाचनपछि धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य बने। दुई दशकसम्म दलित अधिकार र सामाजिक विषयमा कलम चलाउँदै आएका गजमेर अब भने अधिकारको मुद्दा स्थापित गर्न राजनीतिक क्षेत्रमा होमिएका छन्। स्थानीय सरकारको कार्यपालिका सदस्य भए पनि अपेक्षा गरेअनुसार काम गर्न सहज नभएको उनी बताउँछन्। “पत्रकारितामा रहेर मुद्दा उठाउन सकिन्छ, तर कार्यान्वयन गर्न सत्ता नै चाहिँदो रहेछ,” गजमेरले भने। उनले कार्यपालिका सदस्यका रूपमा पहिलो बैठकमै दलित डेस्क स्थापना गर्ने प्रस्ताव राखे, जुन सर्वसम्मत निर्णय

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 716 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषि पकेट क्षेत्रको नाममा धोका! धरानको मकैबाली फौजी किराको कव्जामा

    धरान/  धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० लाई कृषि पकेट क्षेत्र घोषणा गरिए पनि किसानको खेतबारी भने फौजी कीराको कब्जामा परेको छ। कृषि योजनाको नाममा भाषण र कागजी प्रतिबद्धता मात्रै हुँदा यहाँका कृषक वर्षेनी झैँ यो साल पनि मकैबाली गुमाउने त्रासमा छन्। वडा नं. ६ अन्तर्गत पर्ने पानबारी, डाँगी, सतिससाले लगायतका क्षेत्रका किसान मकैबालीमा फैलिएको फौजी कीराका कारण हैरान छन्। वैशाखको अन्तिम साता देखिनै मकैबालीको गुबोभित्र पसेर पात खाने, बोट सुकाउने र बाली सखाप पार्ने कीराले किसानको मेहनत सडकमै आएको छ। "हामी मेहनत गर्छौं, मल–पानी, औषधि सबै गर्छौं तर कीराले बोटै सिध्याउँछ" किसान कृष्णब

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 495 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानजस्तो सहरमा बाँसको पुल! जोखिम मोलेर यात्रा गर्न बाध्य देउरालीबासी

    धरान/ पूर्वी नेपालकै सुन्दर र विकसित सहर मानिने धरान उपमहानगरपालिकाको मुटुमा पर्ने देउराली क्षेत्रका बासिन्दा अझै पनि बाँसको कच्ची पुलमार्फत जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्। धरान उपमहानगरपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने देउराली, आँपटार र ठिंगाबारीका स्थानीयले वर्षायाम सुरु भएसँगै निशाने खोलामा आउने बाढीका कारण बाँसको अस्थायी पुल निर्माण गरेका हुन्। खोला पार नगरी धरान बजारसम्म पुग्न नसकिने अवस्था भएपछि उनीहरूले यो जोखिमपूर्ण विकल्प रोज्नुपरेको हो। "धरानजस्तो ठाउँमा वर्षेनी हामी बाँसको पुल बनाउँदै हिँड्नुपर्छ भन्ने कुरो आफैंमा लाजमर्दो हो," एक स्थानीयले आक्रोश पोखे, "शहरमा सडक, भवन र

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 1,063 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनवर्षीबाट ३ सय किलो गाँजा बरामद, संलग्न फरार

    मोरङ।मोरङको सुनवर्षी नगरपालिका–७ बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बुधवार बिहान करिब ३:१५ बजे उक्त गाँजा बरामद गरेको हो। मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, ७ वटा बोरामा प्याक गरिएको अवस्थामा जम्मा ३ सय किलो गाँजा फेला परेको छ। बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। गाँजाको ओसारपसार र कारोबारमा संलग्न व्यक्ति भने घटनास्थलबाट फरार रहेको र उनीहरूको खोजी तीव्र पारिएको डीएसपी जोशीले

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 790 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाको झण्डी डाँडा पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै

     धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९ स्थित झण्डी डाँडा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। समुद्र सतहदेखि करिब १,३८० मिटर (४,५२७ फिट) उचाइमा अवस्थित यस डाँडाबाट मौसम खुलेको बेला तराईका फाँटहरूदेखि भारतको पश्चिम बंगालसम्मका दृश्यहरू अवलोकन गर्न सकिन्छ। झण्डी डाँडाले पर्यटकलाई मनोरम दृश्यहरू प्रदान गर्नुका साथै वरपर फिँजिएका लालिगुराँसका रुखहरूले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ। विशेषगरी वसन्त ऋतुमा लालिगुराँस फुल्दा यहाँ आउने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय हुने गरेको छ। यस क्षेत्र सुनाखरी फूलका लागि पनि प्रसिद्ध रहँदै आएको छ। यद्

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 933 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३३औँ स्थापना दिवसमा नेपाल प्रेस युनियन सुनसरीद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

    इटहरी/  नेपाल प्रेस युनियन सुनसरीले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा मङ्गलवार इटहरीमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। इटहरी उपमहानगरपालिका कार्यालय अगाडिबाट सुरु भएको र्‍यालीले विभिन्न चोकहरूको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कोणसभामा बोल्दै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा अग्रज पत्रकार हर्ष सुब्बाले स्वरोजगारमुखी मिडिया हाउसहरूलाई सुदृढ बनाउन आवश्यक रहेको बताए। सञ्चारकर्मीहरूलाई आत्मनिर्भर बनाउने खालका संरचनागत पहलको खाँचो औंल्याउँदै उनले मिडिया क्षेत्रमा दिगो विकासका लागि स

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 403 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षाविद् गोकुल श्रेष्ठको अविश्रान्त यात्रा सार्वजनिक

    धरान/  शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठको आत्मकथामा आधारित ‘अविश्रान्त यात्रा’ पुस्तकको शनिवार विमोचन गरिएको छ । धरान ७ सिद्धि नेवाः परिषद्मा आयोजित एक कार्यक्रमका बीच शिक्षाविद् श्रेष्ठद्वरा लिखित अविश्रान्त यात्राको सार्वजनिक गरिएको हो ।लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित धरानका शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठले आफ्नै जीवनमा आधारित ‘अविश्रान्त यात्रा’ को विमोचन गरिएको छ । पुस्तकको विमोचन धरानका साहित्यकार, भाषाविद् प्रा.डा. टंक न्यौपानेले गरेका थिए । धरानको शिक्षा सदन माविमा प्रअको भूमिका लामो समयसम्म रहनु भएका श्रेष्ठले शिक्षा क्षेत्रमा गरेका सह्रानीय प्रय

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved