धरान । कोरोना संक्रमणको जोखिममा पनि बिरामीहरुको उपचारमा नर्सहरु खटिरहेका छन् । बिरामीहरुको पहिलो सम्पर्क नै नर्सहरु नै हुन्छन्, अहिले कोरोनाको संक्रमणको पहिलो जोखिम पनि नर्सहरुमा हुने गर्दछ । तर पनि उनीहरु हरपल बिरामीको स्वास्थ्य उपचारमै खटिरहेका छन् । हरेक समय बिरामीहरुको उपचारमा संलग्न रहेका नर्सहरुको सम्मानमा प्रत्येक वर्षको मे १२ लाई अन्तराष्ट्रिय नर्सिङ दिवसको रुपमा मनाउने गरिन्छ । नर्सिङका जन्मदाता फ्लोरेन्स नाइटिङगेलको जन्मदिनमा यो दिवस मनाउने गरिएको छ । उनकै सम्झनामा विभिन्न कार्यक्रमहरु गरी मनाउने गरिन्छ । प्रत्येक वर्ष नर्सहरुका लागि विभिन्न कार्यक्रमहरु मनाइने दिवस यस वर्ष कोरोना सं
कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनको समयको ब्याज मिनाहाको लागि वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरे पनि कार्यान्यवन नगरेको व्यवसायीहरुले गुनासो गरिरहँदा बैंकले भने राष्ट्र बैंकको निर्देशन पालना गर्ने सक्ने अवश्था नरहेको जनाएको छ । नेपाल राष्ट्र बैंकले चैत्र मसान्तमा कुनैपनि ऋणको सा“वा, ब्याज लिन नपाउने, र ऋणीले स्वविवेकले रकम बुझाएमा ब्याजको १० प्रतिशत छुट गर्नुपर्ने निर्णय गरेको थियो । पुनः वैशाख १६ गते चैत्र महिनाको ब्याजदर मा २ प्रतिशत बिन्दुले घटाएर ब्याज असुल गर्न परिपत्र जारी गरेको थियो । धरान स्थित मितेरी डेभलोपमेन्ट बैंकका सिइओ तुलसी प्रसाद वस्तीका अन
काठमाडौं । नेपालमा २ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ । पर्सामा २ सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएको हो । पर्सामा ३९ कोरोना संक्रमित मध्ये २ जना पत्रकार रहेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । नेपालमा पत्रकारमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।स्रोतका अनुसार संक्रमित मध्ये एकजना नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र अर्का अनलाइनखबरकर्मी रहेको जनाइएको छ । संक्रमित पत्रकारले आफूहरु केही दिनअघि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकमीसँग सँगै रहेको समेत सुनाएका छन् । चार दिनअघि जिल्ला भएको छलफलमा आफूहरु सहभागी भएको उनीहरुबाटै खुलेको हो । संचारकर्मीमाथि भएको कुटपिटविरुद्
धरान । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा निस्कीएको विद्यार्थीको समुहलाई इलाका प्रहरी कार्यालय धरानले हस्तक्षेप गर्दै विद्यार्थी नेतालाई पक्राउ गरेको छ । धरानको महेन्द्र बहुमुखि क्याम्पसबाट निस्कीएको नेविसंघको जुलुसलाई प्रहरी धरानको भानुचौंकमा हस्तक्षेप गर्दै विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो । नाराजुलुस सहित भानुचौक आई पुगेका नेविसंघका महेन्द्र बहुमुखि क्याम्पसका कार्यवाहक सभापति एवं स्ववियुका सचिव दोर्ची सेर्पा, नेविसंघका जिल्ला सचिव टकेन्द्र राई, विनोद आलेमगर, विमल बुढाथोकी, अजित लिम्बु, अजय लिम्बु, कृष्ण बडु र उत्तम राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नेपालका
विराटनगर । भारतको दिल्ली र बिहारबाट भोकै प्यासै नेपाल–भारत सीमाको जोगबनीसम्म आईपुगेका १५ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले सुटुक्क विराटनगरतर्फ छिराई दिएका छन् । विराटनगर–जोगबनी नाकाबाट मानिसहरुको आउजाउ बन्द भएपनि यसरी आएका मानिसलाई क्वारेन्टाइनमा राख्नुको साटो भारतीय क्षेत्रको सीमामा खटिएका सुरक्षाकर्मीले नेपालतर्फ छिराई दिएका हुन । यसरी विराटनगर आउनेमा झापा, मोरङ र सुनसरीका युवा छन् । सोमबार राति आफूहरुलाई भारतीय सुरक्षाकर्मीले सिमापार नेपालतर्फ पठाई दिएको उनीहरुले बताएका छन् । यसरी आउनेमा सुनसरीको गढी गाँउपालिकाका पाँच जना, इटहरी उपमहानगरका दुई जना, इनरुवा नपा र धरान उपमहान
धरान । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा मंगलबार थप ५७ जनामा कोरोना पुष्टि भएको हो । पर्सामा ३९ जना, रुपन्देहीमा ९ जना, कपिलवस्तुमा ८ र बारामा १ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या १९१ पुगेको छ ।
नेपालमा लकडाउनलाई केही खुकुलो बनाए पछि भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको भिड लाग्न थालेको छ । भारतीय सिमानाबाट नेपाल प्रवेश गर्न चाहने नेपालीहरुको भिड बढे सँगै सिमानामा नेपालीहरु अलपत्र परेका छन् । नेपाल भारतको सीमावर्ती क्षेत्रमा सोमबारसम्म ३ हजार ६५ जना नेपाली सिमानाकामा भेला भएको पाइएको छ । सशस्त्र प्रहरी बलले गृह मन्त्रालयका बुझाएको विवरण अनुसार सोमबार चार बजेसम्म नेपाली सीमा नाकामा २ हजार ३ सय ८५ जना अलपत्र अवश्थामा रहेका छन् भने अन्यलाई भारतीय र नेपाली सिमा क्षेत्रको क्वारेन्टाइनमा राखिएको छ । भारत सरकारले लकडाउन खुकुलो गरेसँगै १९ वैशाखबाट विभिन्न राज्यमा अलपत्र मजदुर, विद्यार
धरान– नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १३४ पुगेको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सोमबार मात्रै नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि कपिलवस्तुका १० र सप्तरीका १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र कोरोना संक्रमितहरुको संख्या २१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १
धनकुटाको महालक्ष्मी नगरपालिकामा कृषकले लगाएको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको छ । स्थानीय कृषकहरुको सयौं रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीमा अमेरिकन फौजीकीराको संक्रमण देखिएको हो । महालक्ष्मी नगरका बिभिन्न वडाका किसानहरुले लगाएको ५ सय रोपनी भन्दा बढी क्षेत्रफलको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको हो । सो नगरपालिकाको वडा नं. ४ स्थित सिकरकटेरी, वडा नं. ५ को बगर, मेलाङ्चुङ, वडा नं. ६ को काफ्ले, आरबोटे लगायत क्षेत्रमा अमेरिकन फैजीकीराको संक्रमण बढी फैलिएको छ । त्यस्तै महालक्ष्मी नगरपालिका–३ का कृषकले लगाएको मकैबालीमा सेमिलोपर प्रजातिको किराको प्रकोप देखिएको छ । यी दुबै प्रजाति
भारतले नेपाली भू–भाग मिचेर तिब्बत मानसरोवरसम्म पुग्ने बाटो निर्माण गरेको विरोधमा नेपाली कांग्रेस सम्बद्ध पूर्वविद्यार्थी नेताहरुले प्रदर्शन गरेका छन् ।विराटनगरका मेनरोडस्थित गुद्रीको ‘बी’ प्लटमा जम्मा भएका नेविसंघका पूर्व पदाधिकारी तथा प्रतिनिधिले भारतीय गतिविधि सह्य नभएको बताए । उनीहरुले भारतले नेपालको मिचेको भूभागसमेत फिर्ता गर्नुपर्ने माग गरे । विरोधसभामा बोल्दै संयोजक विमल संग्रौलाले सरकारले लकडाउन गरेको तर यहीबेलामा भारतबाट नेपालको सार्वभौमिकतामाथि नै धावा बोलिएको बताए । भने,‘‘संकटकै बेला भारतले नेपालमाथि थिचोमिचो गरेको छ । हाम्रो भूभाग कब्जा गर्ने नीति