थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो "आज मात्र थपिए ३४ नयाँ संक्रमित"

  • वैशाख २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान– नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सगै नेपालमा संक्रमितहरुको संख्या १३४ पुगेको छ ।

राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

 सोमबार मात्रै नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि कपिलवस्तुका १० र सप्तरीका १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कपिलवस्तुमा मात्र कोरोना संक्रमितहरुको संख्या २१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जना रहेका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि गाउँपालिका–७ घर भएका १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरु छन् ।

यसै गरी , रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका–६ घर भएका २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन् । बर्दियाको राजापुर–५ की ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved