धरान/ सुनसरीको रामधुनीमा लागूऔषध ब्राउन सुगरसहित धरानका दुई युवा पक्राउ परेका छन्।
शुक्रबार साँझ रामधुनी नगरपालिका–५ स्थित शिवचोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा धरानका दुई युवा ब्राउन सुगरजस्तो देखिने पदार्थसहित पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले इनरुवाबाट झुम्कातर्फ आउँदै गरेको को ९ प १६२ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो।
मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१५ का २० वर्षीय लाजेदाङ लिम्बु र पछाडि सवार धरान–२ का १९ वर्षीय सोभान राईको खानतलासी गर्दा ७६० मिलिग्राम (०.७६ ग्राम) ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।