-फाइल तस्बिर
काठमाडौं/ गएको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा भएका विभत्स सडक दुर्घटनामा परेर देशैभरि १ सय ७१ जना नागरिक गम्भीर तथा सामान्य घाइते भएका छन्।
प्रहरीको विवरणअनुसार सिराहा, बारा, पर्सा, धादिङ, नवलपरासी पूर्व, तनहुँ, रुपन्देही, कपिलवस्तु, दाङ, कञ्चनपुर र कैलाली जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परि १३ जनाले ज्यान गुमाउन पुगेका हुन्।
सडक दुर्घटनामा परी सबैभन्दा धेरै मधेस प्रदेशमा ४४ जना घाइते भएका छन्। त्यसैगरी, लुम्बिनी प्रदेशमा ३५ जना, गण्डकी प्रदेशमा ३४ जना, कोसी प्रदेशमा २२ जना, काठमाडौँ उपत्यकामा १५ जना, कर्णाली प्रदेशमा ९ जना, सुदूरपश्चिम प्रदेशमा ७ जना र बाँकी बागमती प्रदेशका अन्य जिल्लाहरूमा ५ जना गरी कुल १७१ जना घाइते भएको प्रहरीले जनाएको छ।
बढ्दो सवारी दुर्घटनाले सडक सुरक्षा र यातायात व्यवस्थापनमा थप गम्भीर चुनौती थपेको छ।