तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५ औँ पार्षदसभा इटहरीमा हुँदै गुरुङ समुदायको पहिचान, संस्कृति र सम्पदा संरक्षण तथा पुस्तान्तरणमा जोड दिइने

  • मंसिर ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभा शनिबार सुनसरीको इटहरीमा आयोजना हुने भएको छ।

परिषद्ले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ‘हाम्रो गौरव, अमूल्य सम्पदा हाम्रो पहिचान, संरक्षण र पुस्तान्तरणका लागि १५औँ पार्षदसभा अभियान’ भन्ने मूल नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो।

इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा हुने पार्षदसभाको उद्घाटन समारोहमा गृहमन्त्री सुदन गुरुङको प्रमुख आतिथ्यता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की विशिष्ट अतिथि रहने विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहने जनाइएको छ।

परिषद्का अनुसार सभामा सातवटा प्रदेश कार्यसमिति, ६८ वटा जिल्ला कार्यसमिति, मातृसंस्थाका प्रतिनिधि, अनुसूची–७ अन्तर्गतका प्रतिनिधि, पेसागत तथा विशेष संस्थाका प्रतिनिधिसहित करिब ३२० जना प्रतिनिधिको सहभागिता रहनेछ। परिषद्को सुनसरी जिल्ला कार्यसमितिको व्यवस्थापन र केन्द्रीय समितिको आयोजनामा कार्यक्रम सम्पन्न हुनेछ।

सभामा गुरुङ समुदायको पहिचान, संस्कृति, परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण तथा पुस्तान्तरणका विषयमा विशेष छलफल हुने बताइएको छ।

साथै, समुदायमा रहेका विभिन्न जातीय, पेसागत तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई परिषद्को संरचनामा समेट्ने, केन्द्रीय समितिको संरचनामा आवश्यक फेरबदल गर्ने तथा विधान संशोधनका प्रस्तावमाथि छलफल गरिनेछ।

त्यसैगरी, प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका गुरुङ समुदायका संस्था र संरचनाहरूको पहिचान तथा व्यवस्थित सञ्चालनका विषयमा पनि छलफल हुने विज्ञप्तिमा जनाइएको छ।

परिषद्ले गुरुङ समुदायको भाषा, संस्कृति, इतिहास र परम्पराको अध्ययन तथा संरक्षणका लागि विभिन्न स्थानमा स्रोत केन्द्र तथा संग्रहालय स्थापना गर्ने अवधारणासमेत अघि सारेको छ। जसअनुसार कोशी प्रदेशमा रोदी स्रोत केन्द्र तथा संग्रहालय, बागमती प्रदेशको चितवनमा खेमा स्रोत केन्द्र तथा संग्रहालय र गण्डकी प्रदेशको कास्कीमा तमु अन्तर्राष्ट्रिय सांस्कृतिक स्रोत केन्द्र तथा संग्रहालय निर्माण गर्ने विषयलाई नीतिगत छलफलमा समावेश गरिनेछ।

नेपालका गुरुङ समुदायका विभिन्न संस्था तथा विदेशमा रहेका गुरुङ संघसंस्थालाई समेत समेट्दै समुदायको साझा पहिचान, एकता, अधिकार र सांस्कृतिक सम्पदाको संरक्षणमा परिषद्ले थप प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख छ।

परिषद्का महासचिव अधिवक्ता राजु गुरुङद्वारा जारी विज्ञप्तिमा देशभरका तमु महानुभाव तथा सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूलाई पार्षदसभाको उद्घाटन समारोहमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।

धरानका दुई युवा ब्रा ...

धरान/ सुनसरीको रामधुनीमा लागूऔषध ब्राउन सुगरसहित ध ...

धरानमा पुस ३ देखि डी ...

धरान/  कोशी प्रदेशकै प्रतिष्ठित विद्यार्थी फुटबल प ...

दशनामी समाजका १० थर ...

धरान/  नेपाल दशनामी समाजले दशनामी सन्यासी समु ...

सवारी दुर्घटनामा २४ ...

काठमाडौं/ गएको २४ घण्टामा देशका विभिन्न जिल्लामा भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved