धरानमा मिनी ट्रकबाट ४७ किलो विस्फोटक पदार्थ बरामद, तीन जना प्रहरी नियन्त्रणमा

  • कार्तिक २१, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरानस्थित तिनकुने चेकपोस्टमा चेकजाँचका क्रममा मिनी ट्रकबाट विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ४७ किलो पदार्थ बरामद भएको छ।

उक्त पदार्थ परीक्षण गर्दा बारुद (गन पाउडर/ब्ल्याक पाउडर) बनाउन प्रयोग हुने सामग्री भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

२०८३ कात्तिक १० गते साँझ ६ः३० बजे इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ ख १६१८ नम्बरको मिनी ट्रकलाई धरान उपमहानगरपालिका–८ स्थित तिनकुने चेकपोस्टमा प्रहरीले चेकजाँच गरेको थियो।

सो क्रममा भन्सार छली ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याकिङ गरी राखिएको पारदर्शी सेतो ठोस पदार्थ ४७ किलो फेला परेको थियो।

प्रहरीले उक्त सामान नियन्त्रणमा लिन खोज्दा मिनी ट्रकमा सवार व्यक्तिहरूले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको जनाइएको छ। घटनामा संलग्न भएको आरोपमा मोरङका तीन जनालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ छिटाहाका २५ वर्षीय प्रदीप कुमार साह तथा जहदा गाउँपालिका–१ का ४२ वर्षीय भुपेन्द्र राजवंशी र ४२ वर्षीय कात्तिक राजवंशी रहेका छन्।

बरामद पदार्थ परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला, सामाखुसी काठमाडौं पठाइएको थियो।

प्रयोगशालाको परीक्षण प्रतिवेदनमा उक्त पदार्थलाई ‘कम्पोनेन्ट अफ लो एक्स्प्लोसिभ (गन पाउडर/ब्ल्याक पाउडर)’ अर्थात् कम शक्तिको विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री भएको उल्लेख गरिएको प्रहरीले जनाएको छ।

यसअघि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोमा प्रयोगशालाको प्रतिवेदनपछि पक्राउ परेका तीनै जनामाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

दुई घण्टासम्म ट्याक् ...

धरान/ मोरङको कटहरीमा ट्याक्टर दुर्घटनामा परेर काठको थुप ...

आज काग तिहार मनाइँद ...

धरान/ प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमप ...

वराहक्षेत्रमा नेकपाक ...

वराहक्षेत्र/ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) वराह ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/ सुनसरीको इनरुवाबाट लागूऔषध ब्राउन सुगरसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved