सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको १३ किलोभन्दा बढी गाँजा सहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मिति २०८३ कात्तिक १० गते साँझ ७ः३० बजे देवानगञ्ज गाउँपालिका–२ स्थित देवानगञ्ज–घुस्की भित्री सडकखण्डमा प्रहरीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
देवानगञ्जबाट घुस्कीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प १७४३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइछिपाइ ल्याउँदै गरेको गाँजा १३ किलो ५२० ग्राम फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका–६ का २६ वर्षीय लुकमान अंसारी र भारतको पूर्णिया जिल्ला, राजदमपुर पञ्चायत वडा नं. ९ का २८ वर्षीय एमलि मझाल रहेका छन्।
प्रहरीले उनीहरूलाई उक्त पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।