२८ किलो गाँजा र बियरसहित सफारी चालक पक्राउ

  • कार्तिक ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्याउँदै गरिएको २८ किलो ४५० ग्राम गाँजासहित चालक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलको टोलीले सोमबार साँझ जहदा–७ स्थित झोलुंगे पुलमा चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

बीओपी तारिगामाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रयोजन घिमिरेको कमान्डमा खटिएको टोलीले लक्ष्मीनियाबाट झोलुंगे पुलतर्फ आउँदै गरेको को १–०२–००३ अ ६४९६ नम्बरको सीटी सफारी रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा सफारीमा लुकाएर राखिएको अवस्थामा गाँजासँगै एक कार्टुन अर्ना बियरसमेत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको सफारीसहित चालक जहदा–७ का २४ वर्षीय देव मण्डललाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मण्डललाई बरामद गाँजा, बियर र सफारीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सोमबार राति जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

बोलेरो दुर्घटना हुँद ...

उदयपुर/ उदयपुरको कटारीमा ब्रेक फेल भएर बोलेरो जिप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved