मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

  • कार्तिक ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी ७० वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको घटनामा फरार चालक १६ दिनपछि पक्राउ परेका छन्।

ग्रामथान गाउँपालिका–५ तेतरिया चोकस्थित विराटचोक–घिनाघाट सडकखण्डमा असोज २४ गते साँझ करिब ७ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले बाटो काट्दै गरेकी स्थानीय ७० वर्षीया नरमाया त्रिताललाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी त्रितालको उपचारका क्रममा असोज २५ गते बिहान करिब ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि मोटरसाइकलसहित फरार भएका चालकको खोजीमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी तेतरियाबाट संयुक्त प्रहरी टोली खटिएको थियो।

घटनास्थल वरपर जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजका आधारमा प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकको पहिचान गरेको थियो।

प्रहरीका अनुसार को ३९ प ३४६ नम्बरको पल्सर मोटरसाइकल चालक ग्रामथान गाउँपालिका–३ सिद्राहा झोसटोलका २६ वर्षीय अभिषेक कुमार माझी रहेका छन्।

उनलाई कात्तिक ९ गते दिउँसो करिब ३ः३० बजे आफ्नै घरबाट पक्राउ गरिएको हो।

प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकलका विभिन्न भाग फुटेको र कुच्चिएको अवस्थामा फेला पारेको जनाएको छ।

पक्राउ परेका माझीलाई मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved