युएन नवोदय कलेजकी युमी राईलाई इन्डो–नेपाल तेक्वान्दोमा दोहोरो स्वर्ण, कलेजद्वारा सम्मान

  • असोज १५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मेची तेक्वान्दो झापाको आयोजनामा सम्पन्न ‘इन्डो–नेपाल तेक्वान्दो च्याम्पियनसिप–२०८३’ मा सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय कलेजकी छात्रा युमी राईले दुई वटा स्वर्ण पदक जित्न सफल भएकी छिन्।

​कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा उद्घाटन गरिएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र मित्रराष्ट्र भारतका सयौँ खेलाडीहरूको सहभागिता रहेको थियो।

कडा प्रतिस्पर्धाका बिच युमीले व्यक्तिगत पुम्सेतर्फ एक र जोडी (पेयर) पुम्सेतर्फ एक गरी कुल दुई वटा स्वर्ण पदक आफ्नो नाममा गरेकी हुन्।

​कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले यु एन नवोदयमा अध्ययनरत विद्यार्थीहरू पढाइका साथसाथै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए।

​त्यस्तै, कलेजका जनसम्पर्क अधिकृत राम बहादुर लिम्बूले कलेजमा अनुशासित शैक्षिक वातावरणका साथै विद्यार्थीहरूको रुचि र प्रतिभा अनुसार विभिन्न विधामा प्रोत्साहन र सहयोग पुर्‍याउँदै आएकाले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा विद्यार्थीहरूले सफलता हासिल गर्न सफल भएको धारणा व्यक्त गरे।

​अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण पदक जितेर कलेज र देशकै नाम उच्च राख्न सफल भएकी छात्रा युमी राईलाई यु एन नवोदय कलेजले एक विशेष कार्यक्रमको आयोजना गरी भव्य सम्मान तथा बधाई ज्ञापन गरेको छ।

Un0

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved