बराहक्षेत्रमा चाडबाडलक्षित बजार अनुगमन , म्याद नाघेका बस्तुलाई नष्टसँगै व्यापारीलाई जरिमाना

  • असोज १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ बराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन सुरु गरिएको छ । खाद्यवस्तुको मूल्यमा एक रूपता नभएको , म्याद नाघेका सामाग्री बिक्री गर्न गरेको जनगुनासो बढेपछि बराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा नियमित बजार अनुगमन कार्यक्रम अन्तर्गत चाडबाड लक्षित गरेर अनुगमन गरेको हो ।

उपभोक्ताहरुको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए ।

बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका पदार्थहरु तथा सामाग्रीहरु केन्द्रित भएउ मङलवार बराहक्षेत्र नगरपालिका वडा नं ९ राजावास बजार र बराहक्षेत्र नगरपालिका बडा नं ११ को मधुवन क्षेत्रमा रहेका पसलहरूमा नगरपालिकाले अनुगमन गरेको हो।

अनुगमन टोलीले बजारमा रहेका किराना पसल, होटल , हार्वेयर पसल , फेन्सी स्टोर लगायतका पसलहरुमाको अनुगमन गरिएको तिवारीले जानकारी दिए ।

अनुगमनको क्रममा म्याद नाघेका सामग्री नष्ट र म्याद नाघेका सामाग्री बिक्री गर्न राखेका पसललाई सचेतना, जरिमाना, कानुनी प्रकृया, दर्ता प्रकृया , किचन क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरू सचेतना, जरिमाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलालाई नियन्त्रणमा लिईएको नगर उपप्रमुख नन्दकुमारी सुनुवारले बताइन ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रशासन शाखाका शाखाका प्रमुख मातृका तिवारी, नगरपालिकाका राजश्व शाखाकि प्रमुख संगिता चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा सुनसरीका खाद्य अनुसन्धान अधिकृत उज्वल कोईरला , उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका प्रतिनिधि , नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।

धरानमा एलिट एक्स बाझ ...

धरान/ धरान–१७ स्थित श्री माध्यमिक विद्यालयको प्रा ...

आईपीओ जारी गर्ने तया ...

विराटनगर/  विराट एग्रो लिमिटेडले सर्वसाधारणका ...

युवतीको कोठामै पुगेर ...

धरान/ झापाको बिर्तामोड नगरपालिका–०५ स्थित एक युवत ...

धरानका युवकसहित ब्रा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१९ सुमन मार्गम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved