देशका अधिकांश स्थानमा मध्यम वर्षा जारी

  • असोज ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागदेखि पूर्वसम्म हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो ।

लुम्बिनीदेखि पूर्वका भूभागहरूमा वर्षा केन्द्रित रहने तथा कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा क्रमश कम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै शुक्रबार गण्डकीदेखि पूर्वका हिमाली भूभागमा भारी हिमपात तथा कर्णालीदेखि पूर्वका भूभागमा बढी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले बताए । शनिबार वर्षा पश्चिमतिर सर्ने देखिएको र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनसक्ने उनले जानकारी दिए ।

त्यसैगरि आइतबार बागमतीदेखि पूर्वको क्षेत्रमा वर्षा कम हुने तर बागमतीदेखि पश्चिममा वर्षा जारी रहने सम्भावना रहेको मौसमविद् ढकालले बताएका छन् ।

निरन्तरको बर्षाका कारण पहाडी भूभागमा पहिरो जाने, नदीतटीय तथा सहरी क्षेत्रमा डुबान हुने र खोलानालाहरूमा पानीको बहाव बढ्ने जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको बिभागले जनाएको छ ।

 

 धरानका सबै विद्यालय ...

धरान/ भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनज ...

सडक दुर्घटनामा मन्त् ...

काठमाडौं/ झारखण्डको जमशेदपुर जिल्लास्थित दोमुहानी ...

मुन्दुम्को अध्ययन र ...

किरात धर्म, दर्शन र मुन्दुम्को अध्ययन तथा अनुसन्धानका ल ...

ब्राउन सुगरसहित धरान ...

धरान/ सुनसरीको धरानका एक युवक विराटनगरमा लागुऔषध ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved