डेढ वर्षदेखि बेपत्ता दिलनाथको खोजीमा बंगुर फार्म उत्खनन, मानव कंकाल फेला

  • असोज ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ ललितपुरका दिलनाथ बजगाई करिब डेढ वर्षदेखि बेपत्ता रहेको घटनाको अनुसन्धानका क्रममा झापाको मेचीनगरमा बंगुर फार्मभित्र गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ।

ललितपुर जिल्ला साविक मनिखेल, हाल महाङ्काल गाउँपालिका–१ स्थायी ठेगाना भएका बजगाई २०८१ कात्तिक २९ गतेदेखि झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टाबाट बेपत्ता भएका थिए।

उनकी श्रीमती तुलसा बुढा बजगाईले पति हराएको भन्दै प्रहरीमा निवेदन दिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा बजगाईसँगै हिँड्ने उनका साथी राम भनिने गुप्तबहादुर सिंहमाथि शंका लागेपछि प्रहरीले सोधपुछ गरेको थियो।

सोधपुछका क्रममा सिंहले खुलाएको स्थानका आधारमा प्रहरीले मेचीनगर–७ भान्सा खोला (गैरीगाउँ) स्थित जयप्रसाद तिवारीको जग्गामा रहेको सिंहकै बंगुर फार्ममा उत्खनन गरेको हो।

प्रहरी टोलीले स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको रोहबरमा २०८३ असोज ७ गते जेसीबी प्रयोग गरी बंगुर फार्मभित्र उत्खनन गर्दा मानव आकृतिको कंकाल फेला पारेको जनाएको छ।

बरामद कंकाल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर, झापा पठाइएको छ।

फेला परेको कंकाल बेपत्ता दिलनाथ बजगाईकै हो वा होइन भन्ने यकिन गर्न शव परीक्षणपछि नमुना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दी घर भई हाल मेचीनगर–१० बस्ने ४५ वर्षीय राम भनिने गुप्तबहादुर सिंह र भारतको आलेपुर वीरपारा घर भई हाल मेचीनगर–८ बस्ने ४९ वर्षीय संजय लामा रहेका छन्।

कंकालको पहिचान तथा घटनाको वास्तविकता खुलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 धरानका सबै विद्यालय ...

धरान/ भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनज ...

सडक दुर्घटनामा मन्त् ...

काठमाडौं/ झारखण्डको जमशेदपुर जिल्लास्थित दोमुहानी ...

देशका अधिकांश स्थानम ...

काठमाडौं/  बङ्गालको खाडीमा विकसित न्यून चापीय ...

मुन्दुम्को अध्ययन र ...

किरात धर्म, दर्शन र मुन्दुम्को अध्ययन तथा अनुसन्धानका ल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved