लाहुरेको शहर धरानमा ‘पेन्सन पट्टा’को चर्चा, दर्शक भेट्न आए माओत्से

  • असोज ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनमा आएपछि दर्शकमाझ चर्चा बटुलिरहेको छ।

गोर्खा सैनिकको पेन्सन, पारिवारिक सम्बन्ध, आर्थिक अभाव, प्रेम, त्याग र आमाको खोजीलाई कथाको केन्द्रमा राखिएको चलचित्रले सामाजिक यथार्थलाई भावनात्मक ढंगले पर्दामा उतारेको छ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रको प्रचार–प्रसार तथा दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन निर्देशक माओत्से गुरुङ बुधबार धरान आइपुगे। धरान पूर्वगोर्खा सैनिक तथा लाहुरेको शहरका रूपमा परिचित भएकाले ‘पेन्सन पट्टा’का लागि धरानलाई महत्वपूर्ण दर्शक बजारका रूपमा हेरिएको छ।

धरानमा आयोजित कार्यक्रममा निर्देशक गुरुङलाई स्वागत तथा सम्मानसमेत गरिएको थियो। उनले चलचित्रबारे कलाकार, साहित्यकार वा सीमित व्यक्तिबाट आउने प्रशंसाभन्दा हलसम्म पुगेर चलचित्र हेर्ने वास्तविक दर्शकको प्रतिक्रियालाई आफूले बढी महत्व दिने बताए।

“एक–दुई जनाले राम्रो भन्दैमा फिल्म हिट हुँदैन, दर्शकले हलमा गएर हेरेर अनुभूति गरेपछि मात्रै राम्रो–नराम्रो छुट्टाउँछन्,” उनले भने।

चलचित्रमा गोर्खा सैनिकको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या र त्यसबाट परिवारमा सिर्जना हुने आर्थिक तथा भावनात्मक संघर्षलाई प्रस्तुत गरिएको छ। ऋणको जालोबाट बाहिर निस्कन पेन्सन पट्टा प्राप्त गर्नैपर्ने बाध्यता, परिवारप्रतिको जिम्मेवारी र सम्बन्धका उतारचढावलाई कथासँग जोडिएको निर्देशक गुरुङले बताए।

चलचित्रले धन, सम्पत्ति र प्रतिष्ठाभन्दा मानवीय सम्बन्ध, त्याग र आत्मिक सन्तुष्टिलाई प्राथमिकता दिएको उनको भनाइ छ। यससँगै आमाको खोजीमा निस्किएको यात्रालाई पनि चलचित्रको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ।

याक्थुङ चलचित्र सङ्घका अध्यक्ष नवीन मेन्याङ्बोले ‘पेन्सन पट्टा’लाई नेपाली माटोको कथा भएको बताए। ग्रामीण तथा पारिवारिक परिवेश, आर्थिक अभाव र सामाजिक जीवनका यथार्थ पक्षलाई चलचित्रले भावनात्मक रूपमा प्रस्तुत गरेको उनको भनाइ छ।

चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ र माया गुरुङलगायत कलाकारको अभिनय रहेको छ।

मीन कोन्मे गुरुङ सकिलेस, भोजबहादुर गुरुङ युके, माया गुरुङ र सपना गुरुङ निर्माता रहेको चलचित्रमा डीबी गुरुङ प्रोडक्सन म्यानेजर छन्। सुशन प्रजापतिले छायाङ्कन तथा सुरज तामुले कास्टिङ गरेका छन्।

चलचित्रले व्यावसायिक रूपमा पनि राम्रो सुरुवात गरेको निर्माण पक्षको दाबी छ। निर्माण पक्षका अनुसार प्रदर्शनको पहिलो १० दिनमा चलचित्रले करिब ३ करोड ७९ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

सामाजिक यथार्थ, आर्थिक समस्याबीच परिवारले भोग्ने संघर्ष, सम्बन्धको भावनात्मक पक्ष र आमाको खोजीको यात्रालाई एकै कथामा जोडिएको ‘पेन्सन पट्टा’प्रति दर्शकको चासो बढ्दै गएको निर्माण पक्षको भनाइ छ। अब चलचित्रको वास्तविक सफलता भने हलमा पुगेर दर्शकले दिने प्रतिक्रियाले निर्धारण गर्ने निर्देशक गुरुङको भनाइ छ।

पूर्वप्रधानमन्त्री म ...

काठमाडौँ / पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार ...

धार्मिक आस्थाको केन् ...

धरान/ धरान उपमहानगरपालिका–२० स्थित विष्णुपाद ...

एम्बुलेन्समै ४५० किल ...

इटहरी/ सुनसरीको इटहरीमा प्रहरीले एम्बुलेन्सबाट ठूल ...

बरगाछीबाट स्कुटीसहित ...

धरान/  सुनसरीको धरानमा प्रहरीले लागूऔषध ब्राउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved