सुनसरीमा दुई यादव समूहबीच झडप : एक घाइते, दुई जना पक्राउ

  • असोज ३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच भएको झडपमा एक जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार शनिबार साँझ भएको झडपमा देवानगञ्ज–१ का २४ वर्षीय निरज कुमार यादव घाइते भएका हुन्। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णु कुमार यादव र २६ वर्षीय लाली भन्ने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको सुनसरी प्रहरीका सूचना अधिकारी चन्द्र बहादुर खड्काले जानकारी दिए ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीमा प्राप्त प्रारम्भिक विवरणअनुसार देवानगञ्ज–१ यादव टोलका २३ वर्षीय निरज कुमार यादव र उनका छिमेकी तथा भतिजा पर्ने विवेक कुमार यादव हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्कने क्रममा लक्ष्मी मन्दिरनजिक करिब १५ जनाको समूहले मोटरसाइकल रोकेर कुटपिट गरेको बताइएको छ।

सोही क्रममा पछाडिबाट गोली प्रहार भएको र निरजको दायाँ हिपको भागमा गोली लागेको जस्तो प्वाल देखिएको विवरणमा उल्लेख छ। चिकित्सकले गोली लागेको हुन सक्ने बताए पनि घाइते बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

राजकुमार रौनियारको न ...

दुहबी/ नेपाली कांग्रेस दुहबी नगरपालिका वडा नम्बर ५ को व ...

घर फोडेर सुनका गहना ...

दमक/ झापाको दमकमा घर फोडेर सुनका गहना तथा नगद चोरी ...

बराहक्षेत्रमा भारतीय ...

सुनसरी/ सुनसरीको बराहक्षेत्रमा प्रहरीले लागूऔषध ब् ...

जेन्जी आन्दोलनमा कार ...

दमक/ जेन्जी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved