घर फोडेर सुनका गहना र नगद चोरी, १९ वर्षीय युवक पक्राउ

  • असोज ४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

दमक/ झापाको दमकमा घर फोडेर सुनका गहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

दमक नगरपालिका–२ की ३१ वर्षीया मनिषा तामाङको घरमा कोही नभएको मौका छोपी चोरले कोठामा रहेको दराज फुटाएर सुनको सिक्री, बालिकाका तीन तोलाका दुई थान सुनका चुरा, दुई थान सुनको पिंजडा, एक थान सुनको तिलहरी र नगद २० हजार रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ।

घटनाबारे असोज ३ गते इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले घटनास्थल तथा आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी फुटेजको सहयोगमा चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजतलास थालेको थियो।

खोजतलासका क्रममा प्रहरीले दमक नगरपालिका–५ गुम्बा चोकबाट पाँचथर मिक्लाजुङ गाउँपालिका–४ रवि घर भई हाल दमक–५ मा डेरा गरी बस्दै आएका १९ वर्षीय दिपक राईलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार राईको साथबाट नगद ७९ हजार रुपैयाँ, चाँदीको एक थान पाउजु, दुई थान सुनको पिंजडा र एक थान सुनको श्रीबन्दी बरामद भएको छ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरानमा खेलाडीको सम्म ...

धरान/ धरानका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेलकुद ...

राजकुमार रौनियारको न ...

दुहबी/ नेपाली कांग्रेस दुहबी नगरपालिका वडा नम्बर ५ को व ...

बराहक्षेत्रमा भारतीय ...

सुनसरी/ सुनसरीको बराहक्षेत्रमा प्रहरीले लागूऔषध ब् ...

जेन्जी आन्दोलनमा कार ...

दमक/ जेन्जी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved