५० हजारबाट सुरु भएको तरकारी खेती अहिले वार्षिक ४० लाखको आम्दानी

  • भदौ ३१, २०८३
  • कोशीपत्र/संवाददाता
alt - स्वर्णिम राई

सुनसरी/ बराहक्षेत्र -६ श्रीलंका टप्पुका बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थाल्नुभएको छ ।

दुई वर्ष  कुवेत बसेर स्वदेश फर्केका बालक कुवेतबाट नेपाल फर्किएर रु ५० हजार लगानीमा कृषि पेसा सुरु गर्नुभएको उहाँले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्नुभएको छ ।

पहिले बारी बाँझो हुन्थ्यो । घरमा काम गर्ने मान्छे हुँदैनथे । थोरै खेतीमा धान र मकै खेती गरिन्थ्यो । खानका लागि पुग्थ्यो । तर नगद पैसा हात पर्दैनथ्यो, चन्द्रवंशीले भन्नुभयो,

नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन । अहिले तरकारी खेतीबाट राम्रो आम्दानी छ ।

अहिले दैनिक तरकारी बिक्री हुने भएकाले आम्दानी नियमित हुने गरेको उहाँले बताउनुभयो ।

करिब अढाई बिघामा गोलभेँडा खेती गर्नुभएको उहाँले बाँकी जग्गामा काँक्रो, बोडी, घिरौँला, खुर्सानीलगायत मौसम अनुसारका तरकारी खेती गर्नुभएको छ ।

मौसमले साथ दिँदा उत्पादन राम्रो हुने र सिँचाइको उचित व्यवस्थापन हुन सके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।

नेपाल फर्किएर कृषि सुरु गरेँ । अहिले यही पेसाबाट मनग्य आम्दानी भइरहेको छ, उहाँले भन्नुभयो, “भदौको पहिलो सातादेखि गोलभेँडा रोप्न सुरु गरिन्छ भने कात्तिकको अन्तिम सातादेखि टिप्न थालिन्छ । अन्य मौसमी तरकारी भने वर्षभरि उत्पादन हुने गरेको छ ।”

आधुनिक जातका गोलभेँडा लामो समयसम्म नबिग्रिने भएकाले टाढाका बजारमा पठाउन सहज हुने हुँदा गोलभेँडा खेतीलाई बढी प्राथमिकता दिएको उहाँले बताउनुभयो । “गोलभेँडाका कलमी बिरुवा केही भारतबाट ल्याएर रोप्ने गरेको छु, बाँकी बिरुवा आफैँ उत्पादन गर्छु । अन्य तरकारीका बिरुवा स्थानीय बजारबाट खरिद गरेर ल्याउने गरेको छु”, उहाँले भन्नुभयो ।

उत्पादित तरकारी बिक्रीका लागि बजारसम्म आफैँ पुग्नुपर्ने अवस्था छैन, चन्द्रवंशी बताउनुहुन्छ । धनकुटा, झापा, उदयपुर, धरान, इटहरी र इनरुवालगायतका स्थानबाट व्यापारी बारीमै आएर तरकारी खरिद गरी लैजाने गरेका छन् । सडक तथा यातायातको पहुँचका कारण उत्पादन बिक्री गर्न सहज भएको उहाँको भनाइ छ ।

उहाँको खेतीमा वर्षभरि जालादारीमा १२ जनाभन्दा बढी कामदार छन् ।

भदौको अन्तिम सातादेखि वैशाखसम्म दैनिक २० देखि ३० जनासम्म कामदारलाई मासिक रु १८ हजारदेखि रु २० हजारसम्म पारिश्रमिक दिएर काममा लगाउने गरिएको उहाँले जानकारी दिनुभयो । “श्रीलङ्का टप्पुमा अधिकांश स्थानीय आफैँ खेती गर्ने भएकाले कामदार पाउन गाह्रो छ । अहिले सप्तरीबाट कामदार ल्याएर खेतीमा काम लगाएको छु”, उहाँले भन्नुभयो ।

तरकारी खेतीसँगै चन्द्रवंशीले करिब अढाई बिघा क्षेत्रफलमा मकै खेतीसमेत गर्दै आउनुभएको छ । मकै बिक्रीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो । कृषिबाट भएको आम्दानीले उहाँले प्रकाशपुरमा पाँच कठ्ठा जग्गासमेत खरिद गर्नुभएको छ ।

गाउँमै राम्रो कमाइ छ । रोजगारी सिर्जना गर्न सकेकामा सन्तुष्ट छु । राम्रो व्यवसायी भनेर चिनेका छन् । नाम पनि, अनि दाम पनि । उहाँले भन्नुभयो, चन्द्रवंशीको खेतीमा विगत चार वर्षदेखि काम गर्दै आउनुभएको सप्तरीका राजकुमार भन्नुहुन्छ, “आफ्नो गाउँमा पर्याप्त खेतीपाती गर्ने बारी छैन ।

त्यहाँ काम पनि पाइँदैन । खेती पनि छैन । यहाँ आएर काम गरिरहेको छु । रोजगार पाएकोमा खुसी छु । विदेश जानुभन्दा नेपालमै काम गर्नु राम्रो हुन्छ । यहाँ थोरै आम्दानी भए पनि बचत हुन्छ । विदेशमा दुःख गरेर रु ४०–५० हजार कमाए पनि आफैँलाई खर्च पुर्‍ याउन गाह्रो हुन्छ । नेपालमा रु १५–२० हजार कमाइ भए पनि सबै रकम बचत गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

ड्युटीमा रहेका प्रहर ...

धरान/ सुनसरीको धरानमा ईभी गाडीले मोटरसाइकललाई ठक्कर दिँ ...

बाँदर खेदाउँदै गर्दा ...

सुनसरी/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका&ndas ...

उपाध्यक्षले मागिन् ४ ...

धरान/  सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्य ...

भारतबाट चोरबाटो हुँद ...

विराटनगर/ भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved