धरानमा औषधिको आवरणमा लागूऔषध कारोबारको आशंका, २६ वर्षीय आकाश राई पक्राउ

  • भदौ २५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले ठूलो परिमाणमा विभिन्न प्रकारका औषधि र नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ स्थानीय २६ वर्षीय आकाश राईको घरकोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा राईको कोठाबाट ट्रामानिल ४६ क्याप्सुल, डिसिकोल्ड ४४ ट्याब्लेट, केट्रोलाक ३८ ट्याब्लेट र नगद १० हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

बरामद सामग्री र नगदसहित राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

पहिलोपटक धरानमा महिल ...

धरान/  धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय ...

स्थानीयले श्रमदान गर ...

ताप्लेजुङ/ ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ ग ...

धरान मेघा हिमालयनका ...

धरान/  धरान-१२ स्थित धरान मेघा हिमालयन स्कुलरकलेजक ...

गोमनले डस्यो ८ वर्षी ...

धरान/ सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved