चोरी मुद्दामा ४ वर्ष कैद र ३० हजार जरिवाना तोकिएका धरानका सुवे परियार पक्राउ

  • भदौ १४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/चोरी मुद्दामा अदालतबाट ४ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएपछि लामो समयदेखि फरार रहेका धरानका एक व्यक्ति पक्राउ परेका छन्।

सुनसरीको धरान उपमहानगरपालिका–८ का ३८ वर्षीय मक्कर भन्ने सुवे परियारलाई प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शनिबार साँझ ६ः३० बजे परियारलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

परियारविरुद्ध काठमाडौं जिल्ला अदालतले २०७५ चैत ५ गते चोरी मुद्दामा ४ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार रहँदै आएका थिए।

पक्राउ परेका परियारलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याई राखिएको प्रहरीले जनाएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved