भन्सार छलेर भारत लैजान लागिएको ५ लाखको फर्सीको बियाँ झापामा बरामद

  • भदौ १४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ भन्सार छलेर भारततर्फ लैजान तयारी अवस्थामा राखिएको करिब ५ लाख रुपैयाँ मूल्यको ५७० किलो फर्सीको बियाँ झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ।

मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीबाट शनिबार बिहान ठूलो परिमाणमा फर्सीको बियाँ बरामद गरिएको हो। भारततर्फ अवैध रूपमा लैजान तयारी अवस्थामा राखिएको बियाँ सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी नायव उपरीक्षक योगबहादुर थापाको कमाण्डमा परिचालित गस्ती टोलीले बिहान ३ः४५ बजे तुर्केनी क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि जाँच गर्दा १९ बोरा फर्सीको बियाँ फेला पारेको थियो।

बरामद बियाँको कुल तौल ५७० किलोग्राम रहेको र प्रारम्भिक मूल्यांकनअनुसार बजार मूल्य करिब ५ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्मचार्यका अनुसार नियन्त्रणमा लिइएको फर्सीको बियाँ आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।

नेपालबाट भारततर्फ अवैध रूपमा कृषि उपज तथा अन्य सामग्री लैजाने क्रमलाई नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। अवैध ओसारपसार नियन्त्रणका लागि गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइने जनाइएको छ।

चोरी मुद्दामा ४ वर्ष ...

धरान/चोरी मुद्दामा अदालतबाट ४ वर्ष कैद र ३० हजार रुपैया ...

लोकतन्त्रवादी किरात ...

धरान/ देशभक्त, जनपक्षीय र सक्षम नयाँ पुस्तालाई नेतृत्वम ...

भोटेकोशीको बाढीपछि ध ...

धरान/भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी त्रिशूली&ndas ...

भोटेकोशी बाढीपीडितको ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले भोटेकोशीम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved