धरान/ गत भदौ १० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढी र तल्लो तटीय क्षेत्रमा भोटकोशी र त्रिसुली नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै शुक्रबार धरान-३ स्थित धरान जामे मस्जिद नेपालले सरकारको राहतकोषमा सहयोग रकम प्रदान गरेको छ ।
उक्त घटनामा परि मृत्यु हुने मृतकहरूप्रति भावपूर्ण श्रदाञ्जली अर्पण, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बिध्वंसकारी बाढीबाट पिडितहरुको शान्तिको निम्ति र यथाशिघ्र जनजिवन सामान्य होस भनी विशेष प्रार्थना गरिएको अन्जुमन इस्लामिया धराना महासचिव अफाक अहमदले जानकारी दिए ।
भोटेकोशी र त्रिसुली नदीमा आएको भीषण बाढीका कारण भएको क्षतिका लागि राहत स्वरुप प्रधानमन्त्री राहत कोषको लागि अन्जुमन इस्लामिया धरानले धरानका मुस्लिम समुदायको तर्फबाट ७५ हजार नगद संकलन गरेको महासचिब अहमदले बताए ।
घटनामा परि मृत्यु हुने मृतकहरूप्रति भावपूर्ण श्रदाञ्जली अर्पण, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुक्रवार विशेष प्राथर्ना गरिएको उनको भनाइ छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म पाँच सय ५९ जनाको शव फेला परेको छ ।
प्राधिकरणका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, गोरखामा ४६ जना, नवलपरासी पूर्वमा १५४ जना, चितवनमा २३३ जना, तनहुँमा ३० जना र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो ।