मुख्यमन्त्रीसहितको टोलीद्वारा स्थलगत निरीक्षण:तत्काल बजेट र नियन्त्रणको प्रतिबद्धता

  • भदौ ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ सप्तकोशी नदीले बराहक्षेत्र नगरपालिका–६ र ९ अन्तर्गत कोशीपारि रहेको श्रीलंका टप्पु क्षेत्रमा तीव्र कटान गर्न थालेपछि जोखिम न्यूनीकरण र कटान नियन्त्रणका लागि कोशी प्रदेश सरकारसहित सरोकारवाला निकायको उच्चस्तरीय टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ।

बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्की र उदयपुरको बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीको सक्रियतामा कोशी प्रदेश सरकारको टोली प्रभावित क्षेत्रमा पुगेको हो।

टोलीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्री उद्धव थापा र राजेन्द्रकुमार राई, उपसभामुख सिर्जना दनुवार, प्रदेश सरकारका मन्त्री तथा पूर्वमन्त्री, प्रदेशसभा सदस्य, मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो।

त्यसैगरी सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायतको पनि निरीक्षण टोलीमा सहभागिता रहेको थियो।

स्थलगत निरीक्षणपछि मुख्यमन्त्री हिक्मत कार्की, बराहक्षेत्रका नगरप्रमुख रमेश कार्की, बेलकाका नगरप्रमुख अशोक कार्की र स्थानीयवासीबीच कटान रोक्न तत्काल चाल्नुपर्ने कदम, जोखिमयुक्त क्षेत्रमा रहेका घरपरिवारको सुरक्षित आवास व्यवस्थापन तथा दीर्घकालीन समाधानका विषयमा छलफल भएको थियो।

छलफलका क्रममा मुख्यमन्त्री कार्कीले तत्काल कटान नियन्त्रणका लागि कोशी प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने र स्थानीय तहसँग समन्वय गरी नियन्त्रणका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि बराहक्षेत्रको चिलैया र गरैया क्षेत्रमा तीव्र नदी कटान रोक्न स्थानीयवासीको सहभागितामा बराहक्षेत्र र बेलका नगरपालिकाले साधन–स्रोत परिचालन गर्दै सुरक्षा निकायसँग समन्वय गरी बाँस, झिक्रासहितका रुखका हाँगा तथा माटो भरिएका बोरा प्रयोग गरेर जैविक तटबन्ध निर्माण गरेका थिए। तर, नदीको तीव्र कटानका कारण उक्त प्रयासले कटानलाई पूर्ण रूपमा नियन्त्रण गर्न भने सकेको छैन।

सप्तकोशीको बढ्दो कटानसँगै श्रीलंका टप्पु आसपासका बस्ती र स्थानीयवासी थप जोखिममा पर्न सक्ने अवस्था देखिएपछि स्थानीयले तत्काल प्रभावकारी र दिगो तटबन्ध निर्माण गर्न सरकारसँग माग गर्दै आएका छन्।

भोटेकोशी बाढी : हालस ...

काठमाडौँ/  रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ...

मृत्यु संख्या १७५ पु ...

काठमाडौं/ चीनको तिब्बत क्षेत्रबाट आएको भीषण हिमपहि ...

धरानका ६ फरार प्रतिव ...

धरान/  विभिन्न मुद्दामा सुनसरी जिल्ला अदालतबा ...

धरान र इटहरीमा लागूऔ ...

धरान/ सुनसरी प्रहरीले धरान र इटहरीबाट विभिन्न प्रकारका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved