धरानका ६ फरार प्रतिवादी पक्राउ, वर्षौंदेखिको फैसला कार्यान्वयनमा प्रहरी सक्रिय

  • भदौ ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  विभिन्न मुद्दामा सुनसरी जिल्ला अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ६ जना फरार प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का विक्सन परियार रहेका छन्। उनीमाथि अभद्र व्यवहारसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा फैसला भएको थियो। एउटा मुद्दामा ६५ दिन कैद र ८ हजार रुपैयाँ जरिवाना तथा अर्को मुद्दामा ४० दिन कैद र ७ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, धरान–५ कै नारायण अधिकारी अभद्र व्यवहार मुद्दामा १५० दिन कैद सजाय तोकिएका फरार प्रतिवादी हुन्। धरान–५ का गणेश लावती सवारी अंगभंग मुद्दामा २ हजार ५ सय रुपैयाँ जरिवाना, धरान–८ का शुवाश लिम्बु लागूऔषध मुद्दामा ८ सय ५० रुपैयाँ जरिवाना तथा धरान–१८ का दिलकुमार लिम्बु चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयन गरी न्यायिक कारबाहीलाई पूर्णता दिन तथा सुरक्षित र न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यका साथ फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको जनाएको छ।

मृत्यु संख्या १७५ पु ...

काठमाडौं/ चीनको तिब्बत क्षेत्रबाट आएको भीषण हिमपहि ...

धरान र इटहरीमा लागूऔ ...

धरान/ सुनसरी प्रहरीले धरान र इटहरीबाट विभिन्न प्रकारका ...

अर्बिन ब्रदर्श अटोबा ...

धरान/  विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणब ...

उर्लिएको भोटेकोशीले ...

त्रिशूली/ रसुवाबाट आएको भोटेकोशीको भीषण बाढीले नुव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved