अर्बिन ब्रदर्श अटोबाट धरानमा चेतकका दुई नयाँ आधुनिक विद्युतीय स्कुटर बिक्री सुरु

  • भदौ १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणबीच धरानमा चेतकका दुई नयाँ विद्युतीय स्कुटर बिक्रीका लागि उपलब्ध भएका छन्। धरानस्थित अर्बिन ब्रदर्श अटोले चेतक सी२५०१ र चेतक सी३५०३ मोडल सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो।

हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा बजाजले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेका यी दुवै मोडल अब धरानका ग्राहकले पनि खरिद गर्न सक्ने अर्बिन ब्रदर्श अटोका सञ्चालक अर्बिन तामाङले बताए।

चेतक सी२५०१ मा २.५ किलोवाट घण्टा क्षमताको लिथियम–आयन ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार एकपटकको पूर्ण चार्जमा यसले ११३ किलोमिटरसम्म यात्रा गर्न सक्छ भने अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर रहेको छ। यसमा रङ्गीन एलसीडी पर्दा, ब्लुटुथ जडान, संगीत नियन्त्रण, पछाडि चलाउने सुविधा तथा २५ लिटर क्षमताको सिटमुनिको भण्डारण स्थान रहेको छ। यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै, चेतक सी३५०३ मा ३.५ किलोवाट घण्टा क्षमताको ब्याट्री रहेको छ। यसले एकपटकको पूर्ण चार्जमा १५१ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ भने यसको अधिकतम गति प्रतिघण्टा ७० किलोमिटर रहेको छ। डिजिटल एलसीडी पर्दा, ब्लुटुथ, फोनमा आउने कल तथा सन्देशको सूचना र ३५ लिटर क्षमताको भण्डारण स्थान यसका प्रमुख विशेषता हुन्। यसको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको छ।

स्कुटर सार्वजनिक कार्यक्रममा हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडका बिक्री प्रमुख रामेश्वर घिमिरेले चेतकको नयाँ लाइनअपसँगै नेपालमा हरित यातायातको क्षेत्रमा बजाजको यात्रा थप उत्साहजनक चरणमा प्रवेश गरेको बताए।

गत वर्ष चेतकले पाएको उत्साहजनक प्रतिक्रियापछि फरक डिजाइन र विशेषतासहितका यी दुई नयाँ मोडलले नेपाली ग्राहकको बदलिँदो जीवनशैली र आवश्यकतालाई सम्बोधन गर्ने विश्वास कम्पनीले लिएको छ।

धरान र इटहरीमा लागूऔ ...

धरान/ सुनसरी प्रहरीले धरान र इटहरीबाट विभिन्न प्रकारका ...

उर्लिएको भोटेकोशीले ...

त्रिशूली/ रसुवाबाट आएको भोटेकोशीको भीषण बाढीले नुव ...

५६ वर्षीया महिलामाथि ...

तेह्रथुम । आफ्नै घरमा सुतिरहेको अवस्थामा ५६ वर्षीया महि ...

धरान–६ को सरस्वती मा ...

धरान/धरान उपमहानगरपालिका–६ पानबारीस्थित सरस्वती म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved