वर्षासँगै सप्तकोशीमा बहाव बढ्दो, प्रशासनले जारी गर्‍यो उच्च सतर्कता

  • असार २८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ पूर्वी पहाडी तथा तराईका क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण सप्तकोशी नदीको जलसतहमा तीव्र वृद्धि भएपछि सम्बन्धित निकायले ब्यारेज आसपास तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

पछिल्लो मापनअनुसार सप्तकोशी ब्यारेजमा पानीको बहाव बढेर प्रतिसेकेन्ड १ लाख २६ हजार क्युसेक पुगेको छ, जुन सामान्य अवस्थाको तुलनामा निकै बढी हो।

यसअघि चार घण्टा अगाडिको मापनमा बहाव १ लाख २५ हजार १ सय १० क्युसेक रहेकोमा त्यसयता नदीको सतह लगातार बढ्दो क्रममा रहेको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनैभरि वर्षा हुने पूर्वानुमान रहेकाले कोशी नदीमा बाढीको जोखिम झनै बढ्न सक्ने सम्भावना छ। सामान्यतया सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने र रातो झन्डा फहराउने गरिन्छ।

जलसतह बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै ब्यारेजका ढोकाहरू क्रमशस् खोल्ने क्रम जारी राखिएको छ।

बाढीको खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुनसरी, सप्तरी र उदयपुरका नदी तटीय एवं तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन सचेत गराएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved