विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा चेतनामूलक कार्यक्रम सम्पन्न

  • जेठ २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुलको सभाहलमा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको आर्ट एन्ड लिटरेचर क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले बालश्रमविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ कविता, कथा, निबन्ध तथा प्रेरणादायी भनाइहरू प्रस्तुत गरेका थिए।

सहभागी विद्यार्थीहरूले सिर्जनात्मक प्रस्तुतीमार्फत बालअधिकारको संरक्षण र बालश्रम अन्त्यको आवश्यकताबारे सन्देश दिएका थिए।

कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष दृष्टि सिग्देलले गरेकी थिइन् भने श्रेजा गौतम र मिनाक्षी अधिकारीले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य पद्मराज सापकोटाले बालश्रमलाई दासप्रथाको आधुनिक रूपका रूपमा व्याख्या गर्दै यसको अन्त्यका लागि समाजका सबै पक्ष सचेत हुनुपर्ने बताए।

उनले बालश्रम अझै पनि विभिन्न स्वरूपमा समाजमा विद्यमान रहेको उल्लेख गर्दै यस्ता चेतनामूलक कार्यक्रमहरूले सामाजिक जागरण अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

प्राचार्य सापकोटाले प्रत्येक नागरिक सचेत र जिम्मेवार नभएसम्म बालहिंसामुक्त तथा बालश्रममुक्त समाज निर्माण सम्भव नहुने बताउँदै बालअधिकार संरक्षणका लागि सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रमको अन्त्यमा बालश्रम अन्त्यका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्दै सहभागीहरूले यस्ता जनचेतनामूलक गतिविधिलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved