धरानमा “श्री गौरीमाता मन्दिर” उद्घाटन

  • वैशाख २६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  स्वर्गीय हजुरबुबा कुन्दनमल अग्रवाल, स्वर्गीय हजुरआमा भागिरथिदेवी अग्रवाल तथा स्वर्गीय बुवा मनिराम अग्रवालको पुण्य स्मृतिमा धरान–तिनकुनेस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस को हाताभित्र “श्री गौरीमाता मन्दिर” निर्माण गरी समर्पण गरिएको छ।

मन्दिरको उद्घाटन २०८३ साल बैशाख २५ गते शुक्रवार पुजारीद्वारा विधिपूर्वक पूजा–आराधना गरी सम्पन्न गरिएको हो।

मन्दिर निर्माणमा श्रीमती मयादेवी अग्रवाल, छोरा अशोक कुमार अग्रवाल, बुहारी सुमन अग्रवाल, नाति तानिष्क अग्रवाल तथा नातिनिहरु कशिश र अदिती अग्रवालको योगदान रहेको छ।

प्रबिन अग्रवालका अनुसार उद्घाटन कार्यक्रममा धेरै भक्तजनहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी भक्तजनहरुले मन्दिरमा दर्शन गर्नुका साथै प्रसाद समेत ग्रहण गरेको अग्रवालले जानकारी दिए।

धार्मिक तथा सामाजिक भावनालाई जोड्दै निर्माण गरिएको उक्त मन्दिरले भक्तजनहरुलाई पूजा–आराधना गर्न सहज वातावरण प्रदान गर्ने विश्वास लिइएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved