धरान/ सुनसरीको धरान उप–महानगरपालिका वडा नं –१७ स्थित उदय सामुदायिक वनभित्र लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
मिति २०८३ साल वैशाख १७ गते दिउँसो १३:४० बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको एक्ष्त् टोली, इलाका प्रहरी कार्यालय धरान, अस्थायी प्रहरी चौकी रेल्वे र जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले वन क्षेत्रमा पुगेको थियो।
प्रहरी टोलीलाई देख्नासाथ त्यहीँ बसिरहेका धरान–१७ फोकल्याण्डका ३० वर्षीय सुरज राई भाग्न खोजेका थिए। तर प्रहरीको सक्रियतामा उनलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनको साथबाट १६.९५ ग्राम ब्राउन सुगर लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले राईलाई उक्त लागूऔषधसहित उनले प्रयोग गर्दै आएको को।२९ प।२९४९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।
हाल उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।