वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले कालाबञ्जर र नडाह बजारमा अनुगमन गरेको । मङलवार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले कालाबञ्जर र नडाह बजारमा अनुगमन गरेको हो ।
उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार नियमित बजार अनुगमन कार्यक्रम अन्तर्गर बजार अनुगमन गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए ।
अत्यावश्यक खाद्यवस्तुको मूल्य बढि, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उप- प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो ।
वडा कार्यालय , नगरपालिकाको कार्यलय गर्नु पर्ने दर्ता प्रकृया , नापतौल दर्ता र नविकरण , राजश्वको रसिद बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका बिषयहरुमा कालाबञ्जर र नडाह बजारमा रहेका पसलहरु अनुगमन गरिएको थियो ।
अनुगमन टोलीले बजारमा रहेका खाद्यान्न किराना पसल, फलफुल पसल , होटल ,, चिसो पदार्थको डिलर , मासु पसलहरूको अनुगमन गरिएको अनुगमन र अनुगमनको क्रममा दर्ता प्रकृया , राजश्व , ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोला प्रयोग भएका पसल , म्याद नाघेका सामग्री नष्ट र म्याद नाघेका सामाग्री बिक्री गर्न राखेका पसललाई सचेतनासंगै म्याद नाघेका सामाग्री नष्ट र व्यपारीलाई जरिमाना समेत गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए ।
नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रशासन शाखा तथा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्र अध्यक्ष तुलसी श्रेष्ठ ,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय अधिकारीहरु, नेपाल प्रहरीका अधिकारी , नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।